२१ असार २०७९, मंगलवार
July 5, 2022, Tuesday

युवतिले बिहे गरौं भनेपछि हत्या

युवतिले बिहे गरौं भनेपछि हत्या

इलाम नगरपालिका ८ सिङफ्रिङकी बिनिता काफ्लेको हत्यामा संलग्न रहेको भन्दै सोही ठाउँका देवेन्द्र रिमाललाई प्रहरीले पक्राउ गरेको छ । काफ्लेका दाजुले प्रहरीमा किटानी जाहेरी दिएपछि स्थानिय र प्रहरीको टोलीले खोजी गर्ने क्रममा २० गते महभिरको जंगलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गंगाबहादुर थापाका अनुसार मृतक बिनिता र अभियुक्त रिमालबिच बिगत १० वर्ष देखी चिनजान रहेको र ३ वर्षयता घनिष्ट सम्वन्ध रहेको अनुसन्धानबाट खुलेको प्रहरी सूचना अधिकारी थापाले जानकारी दिए ।

मृतक बिनिता र रिमालबिच शारिरिक सम्वन्ध समेत रहेका कारण महिलाले बिहे गरेर लैजानु पर्ने बताएपछि रिमालले बिनिताको हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरी अधिकारी थापाको भनाई छ ।

बिनिताको श्रीमानको दुई बर्ष अघि मात्र बिदेशमा मृत्यु भएको परिवाको भनाई छ । उनीहरुका चार वर्षिय एक छोरी रहेको र हाल मामाघरमा बस्दै आएको बताईएको छ । मृतक र अभियुक्तबिच आर्थिक लेनदेन समेत हुने गरेको थियो । बिनिता १५ गते माइत जाने तयारी भएपछि अघिल्लो दिन नै रिमालले उनको हत्या गरेको बताइएको छ ।

त्यस्तै, इलाम देउमाई नगरपालिका ७ का सन्तोसवाला राईको हत्या अभियोगमा सोहि ठाउँका भुपेन राई र चन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएको १६ गते शुक्रबार देउमाई ७ चुली गाउँ स्थित पुर्ण बहादुर दहालको भिरालो जमिनमा सन्तोष वाला राईको शब फेला परेको थियो । खोजी गर्ने क्रममा प्रहरीले सन्तोषवालाको हत्यामा सम्लग्न भएको भन्दै भुपेन र चन्द राई दाजुभाईलाई पक्राउ गरेको छ । सूचना अधिकारी थापाका अनुसार मदिरा सेवन गरेर सन्तोषको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सन्तोषको भुपेन र चन्द्रले ढुंगा प्रहार गरी हत्या गरेको बताइएको छ । दुई ब्यक्ति सहित हत्यामा प्रयोग भएको ढुंगा समेत जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ ।

मृतककी श्रीमती सिता राईले बैशाख १७ गते घटनामा संलग्न भएको भन्दै कर्तब्य ज्यान सम्वन्धी किटानी समेत दिएपछि प्रहरीलाई पनि अनुसन्धानमा सहज भएको थियो । दुबै घटनामा सम्लग्नहरुलाई म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको इलामका प्रहरी प्रमुख महेन्द श्रेष्ठले जानकारी दिए ।source

Related News

मतदाता नामावलीमा नाम दर्ता गर्न के–के कागजात चाहिन्छ ?
मतदाता नामावलीमा नाम दर्ता गर्न के–के कागजात चाहिन्छ ?
  • २१ बैशाख २०७९, बुधबार

सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...

भेरी–बबई डाइभर्सन आयोजना सकिन तीन वर्ष लाग्ने, ५६ प्रतिशत काम सम्पन्न
भेरी–बबई डाइभर्सन आयोजना सकिन तीन वर्ष लाग्ने, ५६ प्रतिशत काम सम्पन्न
  • २१ बैशाख २०७९, बुधबार

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...

अन्तर्राष्ट्रिय योग दिवस मनाइयो
अन्तर्राष्ट्रिय योग दिवस मनाइयो
  • २१ बैशाख २०७९, बुधबार

मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...

TOP