२१ मंसिर २०७८, मंगलवार
December 7, 2021, Tuesday

बम प्रहारबाट गगन थापा घाइते, शिक्षण अस्पतालमा उपचार गराउदै

बम प्रहारबाट गगन थापा घाइते, शिक्षण अस्पतालमा उपचार गराउदै

चुनावी प्रचारका क्रममा अज्ञात समूहको विस्फोटमा परी काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापासहित ९ जना घाइते भएका छन्। सोमबार बिहान चपली हाइटमा घरदैलो कार्यक्रम चलिरहँदा विस्फोट भएको थियो।
विस्फोटमा उम्मेदवार थापालाई तीनवटा छर्रा लागेको र उनीसहितका घाइतेहरूलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले बताए।

यसै क्रममा थापाले हिंसात्मक घटनाबाट आतंकित नहुन मतदाताहरूलाई अपिल गरेका छन्।
सोमबार बिहान घरदैलोका क्रममा आफूलाई लक्षित गरी भएको विस्फोटमा घाइते भइ शिक्षण अस्पतालमा उपचार गराइरहेका थापाले अन्नपूर्णलाई प्रतिक्रिया दिँदै ‘मतदातालाई आतंकित नभइ मतदानमा सहभागी हुन’ अपिल गरेका छन्।
‘म माथि योजनबद्ध तरिकाले आक्रमण भएको देखिन्छ। घरदैलोको क्रममा भौतिक आक्रमण भयो’, थापाले भने, ‘हिंसात्मक घटनाबाट मतदाताहरू आतंकित नहुनुस्, मतदानमा सहभागी हुनुस्।’
थापको घरदैलो कार्यक्रममा सोमबार बिहान बम विस्फोट भएको हो। प्रचारका क्रममा चपली हाइट पुगेका गगनसहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको हो।

Related News

लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय
  • १८ मंसिर २०७४, सोमबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि स्वास्थ्य...

औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
औद्योगिक करिडोरमा मागेजति बिजुली दिने तयारीमा विद्युत् प्राधिकरण
  • १८ मंसिर २०७४, सोमबार

हरेक युनिट बिजुलीलाई आर्थिक उत्पादनमा जोड्ने र देशभित्रै खपत बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले योजनावद्ध रुपमा प्रयास थालेको छ...

केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
केन्द्रीय महाधिवेशन तयारीबारे सभापति देउवाले छलफल गर्नुहुँदै
  • १८ मंसिर २०७४, सोमबार

प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं केन्द्रीय महाधिवेशन तयारीका सम्बन्धमा सोमबार दिउँसो ४ : ३० बजे...

TOP