राष्ट्रिय गौरवको चार सय ५६ मेघावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उत्पादन दिनमा भन्दा रातमा बढी हुनेगरेको छ । जिल्लाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको यस आयोजनाले गत असार २१ गतेदेखि उत्पादन सुरु गरेको थियो ।
आयोजनाले दिउँसोको तुलनामा रातको समयमा धेरै विद्युत् उत्पादन गर्नेगरेको जनाएको छ । रातको समयमा आयोजनाले हाल रातमा तीन सय ५० देखि चार सय ५६ मेगावाटसम्म विद्युत् उत्पादन गर्ने गरेको छ । दिँउसोको समयमा भने आयोजनाले ३० देखि ४० मेगावाट मात्र विद्युत् उत्पादन गर्नेगरेको आयोजनाका वरिस्ठ प्रशासन प्रमुख मित्रमणि पोखरेले जानकारी दिए । पोखरेलका अनुसार दिउँसोको तुलनामा राति धेरै विद्युत् खपत हुने हुँदा राति दैनिक तीन सय मेगावाटभन्दा माथि विद्युत् उत्पादन हुनेगरेको छ । बिहान र दिउँसोको समयमा भने खपत कम हुनेहुँदा उत्पादन पनि कम हुनेगरेको उनले बताए । आयोजनाको अहिले सबै युनिटले उत्पादन दिने गरेको उनले बताए । गत असारबाट पहिलो युनिटबाट उत्पादन थालिएको आयोजनाको भदौ अन्तिमसम्ममा छवटै युनिट सञ्चालनमा आएका थिए । आयोजनाका सबै उत्पादन राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
छवटै युनिटले उत्पादन सुरु गरेसँगै अहिले पूर्ण क्षमतामा सञ्चालनमा आएको हो । आयोजनाले अहिले पनि पिकआवरमा रातिको समय र बिहानको समय चार सयभन्दा माथि उत्पादन दिनेगरेको छ । दिउँसो भने कम उत्पादन हुने गरेको हो । मानिसले धेरै विद्युत् प्रयोग गर्दा आयोजनाको उत्पादन बढ्ने तथा कम प्रयोग गर्दा कम घट्ने क्रममा निरन्तर चलिरहेको आयोजनाको भनाइ छ । यस्तै विद्युत्को लागि यो समय कम उत्पादन हुने समय भएकाले पनि दिउँसो कम उत्पादन हुने गरेको हो । मंसिरदेखि जेठसम्म सुक्खा समय हुने हुँदा पानीको सतह घट्दै जाने हुँदा पिकआवरबाहेक उत्पादन घट्नु स्वभाविक रहेको आयोजना प्रशासन प्रमुख पोख्रेलले बताए । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि दुर्ई सय २० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म तथा त्यहाँबाट दुई सय २० केभी प्रसारण लाइनबाट खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत चार सय/दुई सय २० केभी ढल्केबर सब–स्टेसनसम्म लगिएको छ ।arthik
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...