१२ मंसिर २०७९, सोमबार
November 28, 2022, Monday

नेपालमा फेरि बर्डफ्लू, माेरङमा कुखुरा नष्ट

नेपालमा फेरि बर्डफ्लू, माेरङमा कुखुरा नष्ट

नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ । मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेकाे हाे ।

कुखुरामा फेला परेकाे बर्डफलू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।

विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेकाे जानकारी दिइएकाे छ ।

कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गरेकाे थियाे । विभागका अनुसार १६५० लेयर्स कुखुरा, ५० परेवा, ४२०० अण्डा, ११५० केजीदाना र ४००० गोटा अण्डाको क्रेट नष्ट गरिएकाे छ ।

‘एच फाइभ एन वान’ भाइरस निकै संक्रामक मानिन्छ। जसको संक्रमणले नेपालमा पहिलोपटक १५ चैत २०७५ मा काभ्रेका एक युवककाे मृत्यु भएको थियो ।

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १८ माघ २०७८, मंगलवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १८ माघ २०७८, मंगलवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
  • १८ माघ २०७८, मंगलवार

 भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल...

TOP