१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

पर्यटक आउन छाडेपछि कर्मचारीलाई बिदा दिँदै सौराहाका होटल व्यवसायी

पर्यटक आउन छाडेपछि कर्मचारीलाई बिदा दिँदै सौराहाका होटल व्यवसायी

कोभिडको तेस्रो लहरसँगै यहाँका होटलमा पर्यटक आउन छाडेपछि व्यवसायीले मजदूर कर्मचारीलाई बिदा दिन थालेका छन् । 

सरकारले कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नगर्न आदेश गरेपछि होटलहरूमा बुक भएका कार्यक्रम स्थगित भएका छन् ।

सौराहाका होटलमा नयाँ वर्षसँगै गोष्ठी, सेमिनार, विवाहाका कार्यक्रम धेरै बुकिङ भएका थिए । घुम्न आउने पर्यटकको बुकिङ पनि राम्रो थियो । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार कोभिडका कारण अधिकांश कार्यक्रम र पर्यटकका बुकिङ रद्ध भएका छन् ।

उनले भने, ‘अहिले होटलमा एक/दुई ओटा कोठा मात्र बुकिङ हुने गरेका छन् ।’ कतिदिन यसरी धान्ने भनेर होटल सञ्चालकहरूले मजदूर एवम् कर्मचारीलाई आलोपालो बिदा दिन थालेको उनले बताए ।

आफ्नो होटलमा १६ जना कर्मचारी रहेकामा अहिले तीन जना बाहेकलाई बिदामा पठाएको उनले जानकारी दिए । १५ दिनपछि अरु तीन जना आउने र अहिले रहेकालाई बिदा दिने गरी व्यवस्थापन गरिएको उनको भनाइ छ । पाहुँना नहुँदा कर्मचारी र मजदूर पाल्न कठिन भएको व्यवसायीको भनाइ छ । भूकम्प, नाकाबन्दी हुँदै कोभिडसम्म आइपुग्दा सौराहाको पर्यटन व्यवसाय निकै प्रभावित भएको छ ।

युनिक वाइल्डलाइफ रिसोर्टका सञ्चालक गुणराज थपलिया खोल्नुभन्दा पूरै केही समयका लागि बन्द गर्दा व्यवसायीलाई राहात मिल्ने बताउँछन् । उनले भने, ‘एउटा दुई वटा कोठा बेचेर कसरी खर्च धान्ने ? न खोलेर पर्यटक आउँछन्, न बन्द गर्न पाइएको छ ?’ कर्मचारी मजदूर पाल्न नै समस्या भएको क्षेत्रीय होटल संघ चितवनका महासचिवसमेत रहेका थपलियाको गुनासो छ ।

कोभिडसँगै सौराहा क्षेत्र सुनसान बनेको छ । जंगल सफारी लजका सञ्चालक सुमन घिमिरे कोभिडका कारण व्यवसायी निकै मर्कामा परेको बताउँछन् । होटलमा मजदूर कर्मचारी पाल्न र दैनिकी चलाउनसमेत व्यवसायीलाई समस्या हुन थालेको उनको भनाइ छ । बुकिङ भएका कार्यक्रम रद्द हुँदा ठूलो नोक्सानी व्यहोर्नु परेको घिमिरेले जानकारी दिए ।

सरकारले २५ जनाभन्दा बढीको उपस्थितिमा कार्यक्रम गर्न लगाएको रोक फिर्ता नभएसम्म कार्यक्रम हुननसक्ने घिमिरेको भनाइ छ । होटल जंगल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरी धेरै कार्यक्रम रद्ध हुँदा ठूलो नोक्सान भएको बताउँछन् । जनवरीमा चार ओटा र फेब्रुअरीमा ६ ओटा विवाह बुकिङ भए पनि अधिकांश स्थगन भएको उनले जानकारी दिए ।

पर्यटक र कार्यक्रम नहुँदा मजदूर कर्मचारी पाल्न कठिन भएको गिरीको भनाइ छ । उनले भने, ‘अलि अलि व्यवसाय होला जस्तो हुन्छ, समस्या आइहाल्छ ।’ यसले गर्दा पर्यटन क्षेत्र प्रभावित बनेको गिरी बताउँछन् । सौराहामा १२० होटल रहेका छन् । ती होटलमा पाँच हजार पाँच सयसम्म पर्यटक राख्न सक्ने क्षमता रहेको छ । पछिल्ला वर्षमा होटलमा ठूलो लगानी भएको व्यवसायी बताउँछन् । रासस

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १७ माघ २०७८, सोमबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १७ माघ २०७८, सोमबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १७ माघ २०७८, सोमबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP