भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै समयमा भारतमा कोरोना सङ्क्रमणबाट ५७३ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म ४ लाख ९१ हजार ७०० व्यक्तिको मृत्यु भएको छ । भारतमा अहिले सक्रिय सङ््क्रमितहरुको सङ्ख्या २२ लाख २ हजार ४७२ रहेको छ ।
कुल सङ्क्रमितहरु मध्ये ९३।२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन। ती मध्ये तीन लाख ६ हजार ३५७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएदेखि हालसम्म सङ्क्रमण मुक्त हुनेको संख्या तीन करोड ७६ लाख ७७ हजार ३२८ पुगेको छ ।
शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई...
मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १,...
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी...