१२ मंसिर २०७९, सोमबार
November 28, 2022, Monday

सुधारोन्मुख वैदेशिक रोजगारीमा तेस्रो लहरको धक्का, पुसमा विदेशीनेको संख्या १० हजार कम

सुधारोन्मुख वैदेशिक रोजगारीमा तेस्रो लहरको धक्का, पुसमा विदेशीनेको संख्या १० हजार कम

पछिल्लो ५/६ महीनादेखि लगातार बढीरहेको वैदेशीक रोजगारीमा जाने नेपालीहरुको संख्या पुसमा भने साढे १० हजारले घटेको छ ।

वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्क अनुसार पुसमा अन्तिम श्रम स्विकृती लिएर विदेश जानेको संख्या ६३ हजार हारहारी मात्रै छ ।

पछिल्लो छ महीनाको तथ्याकलाई हेर्दा करिव ३ लाख नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा २ लाख ९४ हजार २  सय ३६ जना नेपाली वैदेशिक रोजगारीको लागि गएको विभागको तथ्याङ्क छ ।

चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या साउनमा सबै भन्दा कम २५ हजार ४ सय रहेकोमा मंसिरमा सबैभन्दा धेरै ७४ हजार ३५४ रहेको थियो ।

तर मंसिरको तुलनामा पुसमा विदेश जानेको संख्या भने साढे १० हजारले घटेको छ । मंसिरमा ७४ हजार ३५४ जना नेपालीले अन्तिम श्रम स्विकृती लिएकोमा पुसमा भने ६३ हजार ८२५ जनाले मात्रै अन्तिम श्रम स्विकृती लिएको विभागको तथ्याङ्क छ ।  

साउदी अरब जाने बढे

केही वर्ष अघि सम्म नेपाली श्रमिकहरुको पहिलो रोजाइ मलेसिया हुने गरेकोमा पछिल्लो समय भने साउदी अरवको रोजगारीमा आकर्षण बढेको छ ।

पछिल्लो छ महीनामा करिब ३ लाख नेपाली विदेशीदा १ लाख ३ हजार भन्दा बढी नेपाली साउदी अरब गएका छन् । 

पुसको तथ्याङ्कमा पनि साउदी अरबमा २५ हजार १०९ जना नेपाली वैदेशिक रोजगारीको लागि गएका छन् । गत मंसिरमा भने साउदी जाने नेपालीको संख्या २४ हजार ९९२ रहेको थियो । मंसिरको तुलनामा पुसमा ११७ जना बढी कामदार साउदी गएका छन् ।

यूएई र कतार जाने घटे

त्यस्तै दोस्रो ठूलो श्रम गन्तव्यको रुपमा रहेको कतार र तेस्रो ठूलो श्रम गन्तव्य यूएई जाने नेपालीको संख्या भने घटेको छ ।

कतारमा पछिल्लो छ  महीनामा १ लाख १ हजार ९६ जना वैदेशिक रोजगारीको लागि गएका छन् । गत मंसिरमा २३ हजार ७७७ जना नेपाली कामदार कतार गएकोमा पुसमा भने १८ हजार २५० जना नेपाली कामदार मात्रै रोजगारीका लागि कतार गएका छन् ।  

त्यस्तै तेस्रो गन्तव्यको रुपमा रहेको यूनाईटेड अरब इमिरेट्स (यूएई) मा पछिल्लो  छ महीनामा ५८ हजार ११४ जना नेपाली कामदार रोजगारीको लागि गएका छन् । 

गत मंसिरमा १६ हजार ६४७ जना नेपाली कामदार यूएई गएकोमा पुसमा भने १३ हजार ७१४ जना नेपाली कामदार वैदेशीक रोजगारीको लागि गएका छन् । 

पुनः श्रम स्विकृती लिने घटे, मेनपावरबाट जाने बढे

विभागको तथ्याङ्क अनुसार मंसिरमा ३९ हजार ८०० भन्दा धेरै नेपालीले व्यक्तिगत रुपमा पुनः श्रम स्विकृती लिएर विदेश गएका थिए । तर पुसमा भने यसरी पुनः व्यक्तिगत श्रम स्विकृती लिएर विदेश जानेको संख्या ३० हजार ६०० मात्रै रहेको छ । 

संस्थागत रुपमा श्रम स्विकृती लिएर विदेश जाने कामदारको संख्या भने बढेको छ । मंसिरमा संस्थागत श्रम स्विकृती लिनेको संख्या ३१ हजार रहेकोमा पुसमा ३३ हजार २०० नेपाली मेनपावरबाट विदेश गएका छन् । जुन मंसिरको तुलनामा करिब २ हजारले बढी हो ।यो समाचार अभियान दैनिक बाट लिएको हो।

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • ९ माघ २०७८, आईतवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • ९ माघ २०७८, आईतवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो
  • ९ माघ २०७८, आईतवार

 भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल...

TOP