१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

माओवादी केन्द्रले माघ २७ गते पदाधिकारी छान्ने

माओवादी केन्द्रले माघ २७ गते पदाधिकारी छान्ने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक माघ २७ गते बस्ने भएको छ। यसघि पुस २५ गते बोलाइएको बैठक अध्यक्ष प्रचण्डलाई कोरोना भएपछि बस्न सकेको थिएन। त्यसपछि माघ ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइए पनि कोरोना महामारीका कारण बैठक स्थगित गरिएको थियो।

तर त्यसपछि पार्टीको निवर्तमान स्थायी समितिको बैठक भने बसेको छ। बैठकपछि अध्यक्ष प्रचण्डले परिपत्र जारी गर्दै माघ २७ गते केन्द्रीय समिति बस्ने र पदाधिकारीको निर्वाचन, केन्द्रीय समितिको पूर्णता, पोलिटब्युरो तथा स्थायी समितिको गठन गर्ने बताएका छन्। सोही बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजनसमेत गर्नेछ।

केन्द्रीय समितिको बैठकबाट अर्को निर्णय नभएसम्म यसअघिका सबै प्रदेश समिति, जिल्ला समन्वय समिति, विभाग र जनवर्गीय एवं मोर्चा संगठनहरूका इन्चार्जहरूलाई नै यथावत जिम्मेवारीसमेत दिइएको छ। प्रचण्डद्वारा जारी परिपत्रमा आगामी वर्ष निर्वाचनको वर्ष हुने भन्दै त्यसमा जुट्नसमेत निर्देशन दिइएको छ।यो समाचार नंयापत्रिकाबाट लिएको हो।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • ९ माघ २०७८, आईतवार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • ९ माघ २०७८, आईतवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • ९ माघ २०७८, आईतवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP