फिल्ममा आइटम गीत निकै रुचाइने गरिएको छ । एक आइटम नम्बरका लागि अभिनेत्रीहरु करोडौं रुपैंयाँ पारिश्रमिक लिन्छन् । आइटम गर्ल बन्नका लागि सामन्था रुथ प्रभुदेखि लिएर ज्याकलिन फर्नान्डिजसम्मका अभिनेत्रीले लाखौंदेखि करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् ।
दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आइटम गीतमा महंगो पारिश्रमिक लिने अभिनेत्रीमा पहिलो नम्बरमा पर्छिन् । उनी एक आइटम गीतका लागि पाँच करोड पारिश्रमिक लिन्छिन् । सामान्यत एउटा आइटम गीत पाँच मिनेटकाे हुन्छ यस अर्थमा सामन्थाकाे पारिश्रमिक मिनेटकाे १ कराेड पर्न जान्छ ।
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले कैयौं आइटम गीतमा कम्मर मर्काइसकेकी छन् । तर, कमैलाई मात्र थाहा होला कि उनी एक आइटम गीतका लागि तीन करोड पारिश्रमिक थाप्छिन् ।
अभिनेत्री सनी लियोनी आफ्नो करियरको सुरुवाती दिनमा एक आइटम गीतका लागि २५ लाख रुपैंयाँ लिन्थिइन् । तर, अहिले भने उनको पारिश्रमिक बढेर तीन करोड पुगेको छ ।
अभिनेत्री चित्रांगदा सिंहले केही आइटम गीतमा ठुम्का लगाएकी छन् । यद्यपि, उनले जुन गीतहरूमा नृत्य गरिन्, ती गीत सुपरहिट साबित भए । उनी एक गीतका लागि ६० लाख रुपैंयाँ चार्ज लिन्छिन् ।
अभिनेत्री कटरीना कैफले ‘चिकनी चमेली’ र ‘शीला’ जस्ता गीतका लागि ५० लाख पारिश्रमिक लिएकी छन् । उनले फिल्म ‘धुम ३’ पछि आफ्नो आइटम पारिश्रमिक बढाएकी छन् ।
‘दिलबर’ देखि ‘साकी-साकी’सम्म नोरा फतेहीले कयौं आइटम नम्बर गरिसकेकी छन् । उनी एक आइटम गीतका लागि ५० लाख पारिश्रमिक लिन्छिन् ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...