कोरोना महामारी जोखिम बढ्दै गएपछि हवाई यात्रामा कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । आन्तरिक हवाई यात्राका लागि विमानस्थल प्रवेश गर्दा यात्रुले कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको हो ।
बुधबार बसेको वायु सेवा संञ्चालक संघको कार्यसमिति बैठकले हवाई यात्रुले विमानस्थल प्रवेश गर्दा कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि) अनिवार्य गर्ने निर्णय गरेको हो ।
बुधबार वायुसेवा सञ्चालन संघले हवाई जहाज भित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निसङ्क्रमित गर्नुपर्ने तथा चेक–इक, बोडिङ्ग, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्ने निर्णय गरेको छ ।
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...