पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको छ ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानबिन समितिले मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई बुझाएको प्रतिवेदनमा सो धर्मशाला बतास समूहलाई सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न सिफारिस गरिएको हो ।
केही दिनदेखि बतास समूहले पशुपति विकास कोषसँग धर्मशाला भाडामा लिएर महँगोमा होटल चलाएको भन्दै व्यापक आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिनका लागि समिति बनाएको थियो ।
समितिले सात दिनमा उक्त प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै पर्यटन मन्त्रालयका सचिव न्यौपानले गैरकानुनी र मिलेमतो भएको ठहरसहित सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको बताए । उनले पर्यटनमन्त्री परिषद्को अध्यक्ष भएकाले कारबाही गर्ने कुरा परिषद्को बैठकले निर्णय गर्ने बताए ।
सचिव न्यौपानेले भने, “पशुपति विकास कोष र बतास समूहबीच धर्मशाला सञ्चालन भएको सम्झौता गैरकानुनी र मिलेमतो भएको ठहरसहित सम्झौता खारेज गर्न समितिले सिफारिस गरेको छ । अब त्यहीअनुसार परिषद्को बैंठकमा निर्णय हुन्छ । परिषद्को अध्यक्ष पर्यटनमन्त्री हुनुहुन्छ । उहाँको निर्देशन वा आदेशअनुसार कारबाहीको प्रक्रिया अगाडि बढ्छ । मन्त्रालय यो विषयमा परिषद्लाई सहयोग गर्न तयार छ ।”
पशुपति बिकास क्षेत्र कोषका कोषाध्यक्ष तथा छानबिन समितिका संयोजक नारायणप्रसाद सुवेदीले कोष र बतास समूहबीचमा भएको सम्झांताका सर्तरूरु निर्धारण गर्दा कानुनबमोजिम पदीय दायित्व निर्वाह नभएको बताए ।
उनले यसरी कोषलाई हानी नोक्सानी पु¥याउने कर्मचारीलाई र अनाधिकृत सम्झौता कानुन सम्मत भनी छापा तथा विद्युतीय माध्यममा प्रवाह भएको देखिएकाले तत्कालीन पदाधिकारी समेतलाई कारबाही गर्ने देखिएको बताए ।
संयोजक सुवेदीले धर्मशाला निर्माण गर्दा सम्झौताबमोजिम बेडको संख्या र दररेटसमेत आफू खुसी निर्धारण गरेको तथा सम्झौताभन्दा बाहिर गएर अन्य विभिन्न संरचना बताएको पाइएको बताए ।
नेपाल–भारतमैत्री धर्मशाला भारत सरकारको ४० करोड रुपैयाँको लागतमा निर्माण भएको हो । धर्मशाला नितान्त धर्मशालाको रूमपा प्रयोग गर्नुपर्ने भए पनि यहाँ गाडीको ग्यारेजसमेत निर्माण गरेको सो समितिले जनाएको छ । कारोबार
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...