१२ मंसिर २०७९, सोमबार
November 28, 2022, Monday

खोप अभियान प्रभावकारी बनाउन सुझाव

खोप अभियान प्रभावकारी बनाउन सुझाव

तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रणमा लिन सरकारले विशेषज्ञ चिकित्सकसँग छलफल गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा संक्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणबारे छलफल गर्नुभएको हो । छलफलमा नेपालमा कोरोना संक्रमणको विद्यमान अवस्था, आगामी दिनमा कसरी अगाडि बढ्ने तथा बढिरहेको संक्रमण कसरी रोक्ने भन्ने विषयमा विशेषज्ञले सुझाव राखेका छन् । चिकित्सकहरूले ओमिक्रोन भेरियन्टलाई नियन्त्रणमा लिन सरकारले चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराएका छन् ।

सहभागी विशेषज्ञ चिकित्सकले कोरोना संक्रमण परीक्षणको दायरा बढाउनुपर्ने, काठमाडौं उपत्यकामा मात्र नभई प्रत्येक जिल्लामा डेडिकेटेड कोभिड अस्पतालल बनाउनुपर्ने, आइसोलेशन सेन्टर, होल्डिङ सेन्टर बनाउनुपर्ने, महामारीविरुद्ध लड्न पर्याप्त जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।
पछिल्ला केही दिनयता संक्रमितको उपचारमा संलग्न चिकित्सकसमेत संक्रमणको मारमा परेका छन् । त्रिवि शिक्षण, वीरलगायत अस्पतालका स्वास्थ्यकर्मीमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा संक्रमण फैलँदा नागरिकले उपचार नपाउने जोखिम बढेको छ ।

केही अस्पतालका चिकित्सक, नर्समा संक्रमण देखिएको, जनशक्तिको अभाव भएको, दक्ष जनशक्तिको अभाव कसरी पूरा गर्ने र स्वास्थ्यकर्मीको स्वास्थ्य स्थितिलाई कसरी मजबूत बनाउने भन्नेबारे चिकित्सकहरूले सुझाव दिएको पाटन अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले जानकारी दिए ।
सरकारले कोरोना नियन्त्रणका लागि विभिन्न आदेश जारी गरेको छ । सरकारले जारी गरेका आदेशको कार्यान्वयन गर्न क्रियाशील हुनुपर्ने विज्ञहरूको सुझाव थियो । अनावश्यक भीडभाड नगर्ने, अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कने भनी सरकारले भनिरहे पनि अझै पनि भीडभाड देखिएको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका थिए । जनस्वास्थ्यका मापदण्ड पालनामा सरकारले कडाइ गर्नुपर्ने चिकित्सकको सुझाव थियो । चिकित्सकहरूले तत्कालै लकडाउन गर्नुपर्ने अवस्था नरहेको भन्दै सरकारलाई जारी आदेशको कार्यान्वयन र स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न सुझाव दिएका थिए ।

‘छलफलमा सहभागी चिकित्सकहरूले अहिले नै लकडाउन गर्नुपर्छ भनेर सिफारिस गर्नुभएको छैन, लकडाउन त्यो अवस्थामा गर्नुपर्छ, जतिबेला हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन, अस्पतालमा अक्सिजन र बेड पुग्दैन,’ छलफलमा उठेका विषयबारे प्रकाश पार्दै प्राडा कोइरालाले भने, ‘स्वास्थ्य मन्त्रालयका सचिवले अहिले नै अस्पताल नभरिएको र यसअघिका तुलनामा अहिले अस्पतालमा व्यवस्थापन पनि राम्रोसँग भइरहेको जानकारी गराउनुभयो ।’

चिकित्सकहरूले लकडाउन गर्नुपरे पनि देशव्यापी रूपमा नभई स्मार्ट लकडाउनका रूपमा गर्न सकिने सुझाव राखेका थिए । रासस

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २ माघ २०७८, आईतवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २ माघ २०७८, आईतवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • २ माघ २०७८, आईतवार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

TOP