नेपाली सेनाले बाँके जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आयोजना तथा लायन्स एन्ड लियो क्लब अफ नेपालगञ्ज, खजुरा गाँउपालिका तथा तैनाथ भैरव प्रसाद गणको समन्वय एवं सहकार्यमा शनिबार उक्त शिविरको आयोजना गरिएको हो ।
खजुरा गाँउपालिका वडा नं. ३ का स्थानीय बासिन्दाहरूलाई लक्षित गरी ज्ञानोदय नमूना माध्यमिक विद्यालयमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको सेनाले जनाएको छ । उक्त एकदिने स्वास्थ्य शिविर कार्यक्रममा जनरल सर्जरी, स्त्रीरोग, आँखा जाँच, बाल रोग, ईएनटी, हार्डजोर्नी तथा छाला रोगको परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।
सो स्वास्थ्य शिविरबाट महिला पाँच सय ५१, पुरुष तीन सय सात र बालबालिका ३८ जना गरी आठ सय ९६ जना सर्वसाधारणहरू लाभान्वित भएको सेनालै जनाएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका निर्देशकको प्रमुख आतिथ्यतामा सञ्चालन भएको उक्त स्वास्थ्य शिविरमा शिक्षण अस्पतालका पदाधिकारीहरू, डाक्टर, नर्स, खजुरा गाउँपालिकाका पदाधिकारी, नेपाली सेनाका अधिकृतलगायत सकलदर्जा, लायन्स एन्ड लियो क्लबका पदाधिकारी, बुद्धिजीवी तथा स्थानीयहरूको उपस्थिति थियो ।
सेना र आम नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले सकारात्मक भूमिका खेल्ने विश्वास नेपाली सेनाले लिएको छ ।यो समाचार आर्थिकदैनिक बाट लिएको हो।
शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई...
मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १,...
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी...