पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहका दिब्य उपदेशका उपेक्षाका कारण देशको राजनीतिमा असन्तुलन आएको बिचार व्यक्त गर्नु भएको छ ।
पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा आज एक सन्देश जारी गर्दै पूर्वराजा शाहले गणतान्त्रिक शासन व्यवस्थाप्रति घुमाउरो असन्तोष समेत व्यक्त गर्नु भएको छ ।
‘जन इच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र जनगणतन्त्र जेसुकै चयन गरिउन्, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक सावित हुनेछ ।’ जारी सन्देशमा भनिएको छ ।
उहाँले सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ति र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्छ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बरबाद गर्नु ठीक नभएको उल्लेख गर्नु भएको छ ।यो समाचार हिमालय टाइम्स बाट लिएको हो।
शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई...
मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १,...
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी...