१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

घट्यो सुर्खेत–काठमाडौं हवाई भाडा

घट्यो सुर्खेत–काठमाडौं हवाई भाडा

नागरिकको चौतर्फी विरोधपछि आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको छ । गुण एयरलाइन्स र बुद्ध एयरलाइन्स प्रतिस्पर्धामा आउँदा आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको हो । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले नियमित उडान सुरु गरेपछि सुर्खेत–काठमाडौं उडानमा बुद्ध एयरको एकाधिकार तोडिएसँगै भाडादर सस्तिएको हो ।

बुद्ध एयरले गुण एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न यात्रु भाडादर घटाएको हो । गुण एयरलाइन्सले शनिवारको भाडादर ६ हजार ३ सय रुपैयाँ कायम गरेको छ । साथै क्यास ब्याक ४० रुपैयाँको व्यवस्था गरेको छ । त्यस्तै, १५० रुपैयाँ रिवार्ड दिएको छ । बुद्ध एयरलाइन्सले पनि शनिवारको भाडादर ६ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, १५० रुपैयाँ रिवार्ड दिएको छ । बुद्ध एयरलाइन्सले पनि शनिवारको भाडादर ६ हजार ३०० रुपैयाँ कायम गरेको छ । बुद्धले ४० रुपैयाँ क्यास ब्याकको व्यवस्था गरेको छ भने रिवार्ड १५० रुपैयाँ नै दिएको छ । 

भाडादर केही सुलभ भएपछि नागरिकले अझै घट्नु पर्ने भन्दै दबाब दिइरहेका छन् । तर, अफसिजनमा विदेशी पर्यटकको आगमन कम हुनुका साथै कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारणले भाडा घटाउनु परेको एयरलाइन्स कम्पनीहरुको भनाइ छ । 

यसअघि यात्रुबाट बुद्ध एयरले सुर्खेत–काठमाडौं हवाई भाडा ८ हजार २५० देखि ११ हजार रुपैयाँसम्म एकलौटी असुल्दै आइरहेको थियो । 

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २५ पुष २०७८, आईतवार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २५ पुष २०७८, आईतवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २५ पुष २०७८, आईतवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP