दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको मुनाफा उच्च दरमा बढ्ने अपेक्षा गरिएको छ ।
सन् २०२१ को अन्तिम तीन महीनामा कम्पनीले १३८ खर्ब वन मुनाफा गर्ने अपेक्षा गरिएको छ । मुनाफाको यो आकार गतवर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले धेरै हुने छ । यो चार वर्षयता चौथो त्रैमासको उच्च मुनाफा पनि हुनेछ ।
सर्भर मेमोरी चिपको उच्च माग र चिप करार म्यानुफ्याक्चरिङ व्यवसायमा उच्च मुनाफाका कारण मुनाफा बढ्ने कम्पनीले बताएको छ ।
पीसी र विद्युतीय सामग्रीको कीर्तिमानी मागका कारण कम्पनीको मुनाफा बढ्ने क्रममा रहेको प्रविधि विश्लेषक साम रेनोल्डको भनाइ छ । मुद्राको विनिमय दरमा आइरहेको उतारचढावले पनि कम्पनीलाई लाभ मिलेको उनी बताउँछन् ।
यद्यपि, गत त्रैमासमा अपेक्षित मुनाफा यसअघि अनुमान गरिएको भन्दा चाहीं कम हुनेछ । डिसेम्बर त्रैमासमा कम्पनीको मुनाफा १५२ खर्ब वन रहने विश्लेषकहरुको अनुमान थियो ।एजेन्सी
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...