चिकित्सकले मृत घोषित गरेका एक शिशु दाह संस्कारको तयारीका क्रममा चिच्चाउन थालेपछि टर्कीका एक दम्पत्ति चकित परेका छन् । टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरुले शिशु जन्मिदै मृत भएको बताएपछि ३२ वर्षीया मेलिक सेर्ट र उनका ३४ वर्षीया हसन सर्ट विक्षिप्त बनेका थिए ।
पाँच महिनामा यही २ जनवरीमा जन्मिएका ती शिशु जन्मदै मृत भएको भन्दै चिकित्सकहरुले ‘मृत्युको प्रमाण पत्र’ दिएका थिए । शिशुको समय नपुगी जन्मिएको अर्थात मिसक्यारिज भएको चिकित्सकहरुले बताएका थिए ।
चिकित्सकले दिएको प्रमाण पत्र गोजीमा राखेर बाबु शिशुलाई पुर्न खाल्डो खनिएको स्थानतर्फ कारमा जाँदै थिए । जाने क्रममा अकस्मात कारभित्र शिशु चिच्याउन थाले । शिशु रुन थालेपछि उनले तत्कालै गाडी अस्पताल फर्काएका थिए, जहाँ उनी अहिले जीवन र मृत्युको दोसाँधमा संघर्षरत छन् ।
शिशुलाई जोगाउन तत्काल रगत आवश्यक परेको चिकित्सकले बताएका छन् । शिशु जन्मिनु एक महिनाअघि आमा गंम्भीर विरामी परेकी थिइन् ।एजेन्सी
शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई...
मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १,...
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी...