१२ मंसिर २०७९, सोमबार
November 28, 2022, Monday

प्रदेश २ : सञ्चार राज्यमन्त्री सवार गाडी दुर्घटना

प्रदेश २ : सञ्चार राज्यमन्त्री सवार गाडी दुर्घटना

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण सवार स्कारपियो दुर्घटना भएको छ ।

बुधबार साँझ सप्तरीको विष्णुपुर गाउँपालिकामा राज्यमन्त्री सवार गाडी दुर्घटनामा परेको हो । विष्णुपुर–७ नहर चोकस्थित भित्री सडकखण्डमा ज१झ ४०६ नम्बरको गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको राज्यमन्त्री कर्णले जानकारी दिनुभयो ।

राज्यमन्त्री कर्णका अनुसार साँघुरो बाटोमा मोड्न खोज्दा गाडी अचानक पल्टिएर खेतमा पुगेको थियो । राज्यमन्त्रीसहित गाडीमा उहाँका स्वकीय सचिव ध्रुवकुमार मण्डल, सुरक्षा गार्ड प्रहरी हवल्दार तुलसीप्रसाद साह, चालक विकेश चौधरी, नेकपा माओवादीका स्थानीय नेता जयप्रकाश चौधरी र प्रथमलाल राम सवार थिए ।

सामान्य चोटपटक लागेको सबैजनाको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भएको छ । अवस्था सामान्य रहेकाले सबैलाई औषधि दिएर आराम गर्न घर नै पठाइएको डा ज्ञानेन्द्र झाले बताउनुभयो ।

राज्यमन्त्रीको टोली छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८९ वर्षीय मुक्तिलाल मण्डलको हत्याबारे जानकारी लिँदै परिवारलाई समवेदना दिएर फर्किरहेका बेला दुर्घटनामा परेको स्वकीय सचिव मण्डलले बताउनुभयो ।

छिन्नमस्ता सडकखण्डको खुदीबखारीस्थित झौखराही फूलबारीमा धारिलो हतियारले घाँटी काटिएको अवस्थामा मण्डलको शव गत मङ्सिर ८ गते फेला परेको थियो ।

मण्डलको घरबाट राज्यमन्त्रीको टोली छिन्नमस्ता–१ बरही वीरपुरस्थित भुटीदेवी यादवको परिवारलाई भेट्न गइरहेको थियो । यादवको ०७८ पुस १२ गते हत्या भएको थियो । दुवै जनाको हत्या कसले र किन गरेको भन्ने अझै खुल्न सकेको छैन ।रासस

Related News

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २२ पुष २०७८, बिहीबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २२ पुष २०७८, बिहीबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र
  • २२ पुष २०७८, बिहीबार

नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९...

TOP