मनोहरा जग्गा एकिकरण आयोजनाले १७ ओटा घडेरी प्लटहरु विक्री गर्ने भएको छ।
प्रतिआना २० लाख रुपैयाँदेखि ४४ लाख रुपैयाँ सम्म मूल्य तोकिएका घडेरीहरु मध्ये १० ओटा प्लटहरु सधियारहरुलाई मात्रै विक्री गरिने छ भने ७ ओटा घडेरी प्लटहरु इच्छुक जोकसैलाई पनि विक्री गर्न सकिने आयोजनाले बताएको छ।
४ मिटरदेखि ९ मिटरसम्म चौडा सडक भएका प्लट जग्गाहरु सडकको चौडाई अनुसारनै मूल्य कायम गरिएको छ।
४ मिटर चौडा सडकमा भएका प्लटहरु सधियारलाई न्युनतम प्रतिआना २० लाख ११ हजार रुपैयाँका दरले विक्रीमा राखिएको छ। ९ मिटर बाटोमा रहेका प्लटहरु पनि अधिकतम २८ लाख १५ हजार रुपैयाँका दरले विक्रीमा राखिएको छ।
तर जो कसैलाई विक्री गर्न राखिएका प्लट जग्गाहरु भने प्रति आना न्युनतम २६ लाख १५ हजार रुपैयाँ देखि अधिकतम ४४ लाख १९ हजार रुपैयाँ सम्म तोकिएको छ।
आफूले किन्न चाहेको जग्गाको न्युनतम १० प्रतिशत मूल्य तिरेर बोलपत्रमा सहभागी हुन सकिने आयोजनाले बताएको छ। सधियार जग्गा किन्न चाहने व्यक्तिसँग लालपूर्जा नभएमा अस्थाई जग्गा धनीपूर्जा लिएर पनि बोलपत्रमा सहभागी हुन पाइने आयोजनाले बताएको छ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...