प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भारतको गुजरातमा आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ ।
पछिल्लोसमय भारतमा बढ्दो कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन संक्रमणको जोखिमका कारण जनवरी १० देखि आयोजना हुने दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
प्रधानमन्त्री देउवा तीन दिने भारत भ्रमणको सिलसिलामा आइतबार त्यसतर्फ जाने तयारी गरेका थिए । उनको भ्रमणमा दलमा ३० जना रहने र भारत भ्रमणका बेला केही सम्झौतामा हस्ताक्षर समेत गर्ने तयारी गरिएको थियो ।
सम्मेलनका लागि व्यापक तयारी भइसकेको र ५ देशका राष्ट्रपति वा प्रधानमन्त्री साथै १५ जना विदेश मन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरु आउने सुनिश्चित भइसकेको थियो । गुजरात सरकारले कोभिडको बढ्दो संक्रमणलाई जनाउँदै कार्यक्रम स्थगित गरेको जनाएको छ ।
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको भारतको गुजरातमा आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ ।
पछिल्लोसमय भारतमा बढ्दो कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन संक्रमणको जोखिमका कारण जनवरी १० देखि आयोजना हुने दशौं भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । त्यसका लागि प्रधानमन्त्री देउवा २५ पुसमा नयाँ दिल्ली प्रस्थान गर्ने र २६ गते उक्त समिटको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले गुजरातमै भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि द्विपक्षीय औपचारिक वार्ता गर्ने तय भएको थियो ।
तर, गुजरातमा पछिल्लोसमय बढेको कोरोना संक्रमणको स्थितिको समीक्षा गरेपछि समिट रद्ध गर्ने निर्णय भएको हाे । गत एक हप्तामा कोरोनाका केसहरू यो राज्यमा धेरै गुणा बढेको देखिन्छ। यस राज्यमा बुधबार ३ हजार ३५० नयाँ केसहरू दर्ता भएका थिए, जुन १ जनवरीमा दर्ता भएको १,०५९ को तुलनामा तीन गुणाले बढी हाे । गुजरात सरकारले समिटको अर्को मिति तय गरेको छैन।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...