१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई एसइई परीक्षा खारेज गर्नका लागि सुझाव

प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई एसइई परीक्षा खारेज गर्नका लागि सुझाव दिएको छ । सरकारले १२ कक्षासम्मलाई विद्यालय तहको शिक्षाको रुपमा समावेश गरेकाले अब एसईईको जरुरत नभएको समिति सभापति जयपुरी घर्तीले बताउनुभयो । कक्षा १२ सम्मलाई सरकारले विद्यालय तहको शिक्षामा समावेश गरेको छ । अब किन एसईई परीक्षा भन्दै विद्यार्थीलाई डर सिर्जना गराउन पर्यो ? उहाँले भन्नुभयो ।
१२ कक्षामा पुगेपछि विद्यार्थीको माध्यमिक स्तरको परीक्षा लिने हुनाले एसईई खारेज गर्न समितिले सुझाव दिएको घर्तीले बताउनुभयो । कोरोना सङ्क्रमणको समयमा पनि समतिले एसईईको औचित्य नरहेकाले खारेज गर्न निर्देशन दिएको उहाँको भनाइ छ ।
२०७७ साल जेठ २९ गते समितिले सरकारलाई एसईई खारेज गर्न सुझाव दिएको थियो तर सरकारले त्यो कार्यान्वयन गरेन । एसईई बढी खर्चिलो र एसईईले विद्यार्थीलाई त्रास मात्र दिने भएकाले एसईई खारेज गर्नुपर्ने सुभाव दिएको घर्ती बताउनुहुन्छ ।
यता शिक्षाविद् डा. विद्यानाथ कोइरालाले पनि एसईई खारेज गर्न शिक्षा तथा स्वास्थ्य समितिले दिएको निर्देशन जायज भएको बताउनुभएको छ । अहिलेको परिवेशमा १० कक्षा विद्यालयस्तरको परीक्षा भएकोले अन्य परीक्षाजस्तै सहज रुपमा विद्यालयले नै सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । कक्षा १२ मा बोर्डले परीक्षा सञ्चालन गर्ने भएपछि कक्षा १० लाई एसईई नभनेर विद्यालयले नै सामान्य स्तरको परीक्षा सञ्चालन गर्नुपर्दछ , उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय स्तरमा पनि कक्षा १२ को परीक्षा मात्र बोर्डले लिन्छ । यसकारण पनि नेपालमा एसईई परीक्षालाई खारेज गरेर विद्यालयले नै लिनुपर्नेमा उहाँको जोड छ ।
चीन, अमेरिका,लण्डन र युरोपका कतिपय देशहरुमा पनि कक्षा १२ को परीक्षा मात्र राष्ट्रियस्तरबाट लिने गरिएकाले नेपालमा पनि अन्तराष्ट्रिय अभ्यास गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । १२ पछि युनिभर्सिटीमा जानुपर्ने भएकाले १२ को परीक्षा भने अनिवार्य रुपले बोर्डले नै लिनुपर्ने काेइरालाको भनाइ छ ।
यस्तै अर्का शिक्षाविद् डा. मनप्रसाद वाग्लेले पनि एसईई परीक्षा खारेज गरेर विद्यालयस्तरबाटै सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । संविधानमा नै कक्षा १२ सम्मको शिक्षालाई स्थानीय तहको अधिकारको सूचीमा समावेश गरेकाले कक्षा १० को परिक्षा पनि सम्बन्धित विद्यालयलाई जिम्म दिनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो ‘कक्षा १२ सम्मको शिक्षा स्थानीय तहको अधिकारमा राखेकाले पनि कक्षा १० को परीक्षा बोर्डले लिनुहुँदैन । ’
शिक्षाविद् डा.सुमन तुलाधरको भने फरक मत छ । अहिलेको एसईईलाई खारेज नगरी यसको मोडेलमा परिवर्तन गर्नु जरुरी रहेको उहाँ बताउनुहुन्छ । एसईइइलाई विद्यार्थीको पढाइको मात्र मूल्याङ्कन गर्न नसक्ने भएकाले उनीहरुको सीप र सिकाइको पनि मूल्याङ्कन गर्न नहुने तुलाधरले बताउनुभएको छ । उहाँले भन्नुभयो ‘एसईई खरेज नै गर्नुपर्छ भन्ने होइन ।तर यसको मोडालिटी भने परिवर्तन गर्नु आवश्यक छ । ’
एसईईलाई खारेजी नभई एसईई सञ्चालन गर्ने जिम्मा विद्यालयहरुलाई दिनुपर्नेमा उहाँको जोड छ ।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १९ पुष २०७८, सोमबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १९ पुष २०७८, सोमबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १९ पुष २०७८, सोमबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP