१० चैत्र २०७९, शुक्रबार
March 24, 2023, Friday

डिभोर्सपछि पूर्व पतिकै छेउमा बसेर सुटिङ गरिन् सामन्थाले

डिभोर्सपछि पूर्व पतिकै छेउमा बसेर सुटिङ गरिन् सामन्थाले

दक्षिण भारतमा अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यको जोडीले डिभोर्स गरिसकेका छन् । उनीहरुले आपसी सहमतिमा डिभोर्स गरे पनि त्यसको प्रक्रिया अहिले चलिरहेको छ । उनीहरुले आफूहरू अलग भए पनि राम्रो साथी रहिरहने उद्घोष गरिसकेका छन् । तर वास्तविकतामा यस्तो देखिएको छैन ।

हालैमात्र अलग्गिएका यी जोडी एकै स्थानमा भइरहेको सुटिङमा देखिए । तर उनीहरूले एकअर्कालाई दुरी बनाए । दुवै आआफ्नो काम गरे त्यहाँबाट फर्किए । उनीहरूले एकअर्कालाई देखे पनि बोलचाल गरेनन् ।

उनीहरू गत साता आआफ्नो फिल्मको सुटिङका लागि हैदराबादको रमनायडु स्टुडियोमा गएका थिए । समान्था त्यहाँ फिल्म ‘यशोदा’को सुटिङ गरिरहेकी थिइन् भने नागा ‘बंगरराजु’को सुटिङ गरिरहेका थिए । यो फिल्ममा नागा पितासँग काम गरिरहेका छन् ।

उनीहरूले आफ्नो टिमलाई दुवैबीच टकरावको वातावरण नबनाउन बेलैमा सचेत गराइसकेका थिए । दुवैले एकअर्कालाई अवरोध नपुग्ने गरी सुटिङ पुरा गरे र त्यहाँबाट फर्किए । दुवैजना अलग्गिएपछि उनीहरु व्यावसायिक जीवनमा ध्यान केन्द्रीत गरिरहेका छन् ।

गत अक्टोबर २ मा उनीहरूले सम्बन्धविच्छेदको घोषणा गरेका थिए । यो निर्णयपछि नागाका साउथ सुपरस्टार पिता नागार्जुन निकै दुःखी बनेका थिए ।

समान्था र नागा तीन वर्षको प्रेम सम्बन्धपछि सन् २०१७ मा वैवाहिक जीवनमा बाँधिएका थिए । विवाहको चौथो वार्षिकोत्सव आउनु चार दिन अघि उनीहरु सदाका लागि अलग्गिए । समान्थाले आफ्नो सरनेम अक्किनेनी हटाइन् र रुथ प्रभु जोडिन् । एजेन्सी

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १४ पुष २०७८, बुधबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १४ पुष २०७८, बुधबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
  • १४ पुष २०७८, बुधबार

याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...

TOP