२ जेष्ठ २०७९, सोमबार
May 16, 2022, Monday

आज चुनाव प्रचारको अन्तिम दिन, मध्यरातबाट मौन अवधि शुरु

आज चुनाव प्रचारको अन्तिम दिन, मध्यरातबाट मौन अवधि शुरु

काठमाडौं १८ मंसिर,। दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिबाट शुरु हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मंसिर २१ गते ४५ जिल्लामा हुन लागेको दोस्रो चरणको चुनावको मौन अवधि मध्यराति १२ बजेबाट शुरु हुनेछ ।

मौन अवधि शुरु भएपछि मतदान नसकिएसम्म निर्वाचन प्रचार प्रसार गर्न र कुनै पनि माध्यमबाट भोट माग्न पाइँदैन । एसएमएस, भाइबर, फेसबुक लगायत कुनै पनि माध्यमबाट भोट माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिमा चुनाव प्रचार गरेमा वा कसैले भोट मागेमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्ध गर्नेसम्म अधिकार निर्वाचन आयोगलाई छ ।

साथै मतदान केन्द्रको तीन सय मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिहृन र प्रचार सामग्री पनि दलहरुले हटाएको हुनुपर्ने आयोगका प्रवक्ता ढकालले बताए ।

सोमबार मध्यरातपछि भोट माग्न नपाइने भएकाले दलहरु आज अन्तिम दिनको चुनाव प्रचारमा व्यस्त छन् । उनीहरुलाई मतदातासम्म पुग्न भ्याइनभ्याइ छ । कांग्रेस, एमाले र माओवादीका नेताहरु आ-आफ्नो निर्वाचन क्षेत्रमा परिचालित छन् ।

दोस्रो चरणको निर्वाचनबाट १२८ र प्रदेशसभाका लागि २५६ सांसद चुनिने छन् । प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६६३ तथा प्रदेश सभातर्फ २ हजार ८१९ उम्मेवार प्रतिस्पर्धामा छन् । दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लामा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाता छन् ।

दोस्रो चरणको चुनाव सकिएलगत्तै पहिलो चरणको चुनावको मतगणना पनि सँगसँगै हुनेछ । पहिलो चरणको चुनाव भने ३२ जिल्लामा मंसिर १० गते नै सम्पन्न भएको थियो ।

साभार अनलाइनखबर

Related News

बालेन शाहलाई २१३९ मत, आधा मतान्तरले पछ्याउँदै केशव स्थापित,कसकाे कति (सूचीसहित)
बालेन शाहलाई २१३९ मत, आधा मतान्तरले पछ्याउँदै केशव स्थापित,कसकाे कति (सूचीसहित)
  • १८ मंसिर २०७४, सोमबार

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता दोब्बरले बढाएका छन् । पछिल्लो समय १ बजे सार्वजनिक भएको मतपरिणामअनुसार...

मतदाता फकाउन कांग्रेस उम्मेदवारले बाँड्न लागेकाे खानेपानी पाईप स्थानीयले रोके
मतदाता फकाउन कांग्रेस उम्मेदवारले बाँड्न लागेकाे खानेपानी पाईप स्थानीयले रोके
  • १८ मंसिर २०७४, सोमबार

 स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले...

मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म
मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म
  • १८ मंसिर २०७४, सोमबार

पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...

TOP