२६ माघ २०७९, बिहीबार
February 9, 2023, Thursday

जनवरीदेखि मूल्य बढाउने तयारीमा भारतीय अटो निर्माता कम्पनीहरु

जनवरीदेखि मूल्य बढाउने तयारीमा भारतीय अटो निर्माता कम्पनीहरु

नयाँवर्ष प्रारम्भसँगै भारतका अटो निर्माता कम्पनीहरुले आफ्ना उत्पादनहरुको मूल्य बढाउने घोषणा गरेका छन् ।

सन् २०२२ को जनवरीदेखि भारतका प्रायः कार तथा बाइक निर्माण कम्पनीले विभिन्न कारण उल्लेख गर्दै आफ्नो उत्पादनको मूल्य बढाउने घोषणा यसअघि नै गरिसकेका छन्। ती कम्पनीहरूले विभिन्न कारण देखाउँदै उत्पादनको मूल्य बढाउने बताएका हुन्।

उत्पादन मूल्य बढाउने केही कम्पनीहरू मध्ये पहिलोमा रहेको छ मारुती सुजुकी । भारतीय अटोमोबाइल उत्पादक मारुती सुजुकीले उत्पादन लागत बढेसँगै सवारीको मूल्य बढाउनुपर्ने कारण देखाएको छ। विगत वर्षमा विविध उत्पादन लागतमा वृद्धि हुँदा यसले सवारी साधनको भाउमा निकै प्रभावित बनाएको कम्पनीले एक्सचेञ्जमा बुझाएको फाइलिङमा भनेको छ ।

मूल्य वृद्धिमार्फत यसको केही भार उपभोक्ताहरुको काँधमा सार्न लागिएको पनि फाइलिङमा भनिएको छ । मूल्य वृद्धि सन् २०२२ को जनवरीदेखि गर्ने योजना बनाइएको र फरक मोडलअनुसार वृद्धि फरक हुने पनि कम्पनीले बताएको छ ।

त्यसो त हिरो मोटोकर्पले पनि दुई–पाङ्ग्रे सवारीको मूल्य बढाउँदैछ । भारतको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे सवारी निर्माण कम्पनी हिरो मोटोकर्पले सन् २०२२ को जनवरी ४ तारिखदेखि मोटरबाइक तथा स्कुटरको मोडलको मूल्य बढाउँदैछ। कम्पनीले कच्चा सामग्रीको मूल्यदर लगातार बढेको भन्दै मोटरबाइक र स्कुटरको मूल्य परिमार्जन गर्नुपरेको बताएको छ।

त्यसैगरी टाटा मोटर्सले पनि जनवरीदेखि नै आफ्नो उत्पादनहरूको मूल्य बढाउने घोषणा गरिसकेको छ ।अटो हिन्दुस्तानका अनुसार विद्युतीय गाडीहरूको मूल्य पनि बढाउने तयारीमा कम्पनी रहेको छ।

त्यसो त डुकाटी इन्डियाले पनि जनवरी १ तारिखदेखि लागू हुनेगरी आफ्नो सम्पूर्ण मोडल तथा भेरियन्टको मूल्य बढाउने भएको छ । उता लक्जरी कार निर्माण कम्पनी ‌औडी इन्डियाले पनि यही जनवरी १ तारिखदेखि आफ्नो मोडलहरूको मूल्य बढाउने भएको छ । कम्पनीले आफ्ना प्रत्येक मोडलमा तीन प्रतिशतका दरले मूल्य बढाउने बताएको छ।

टोयोटा तथा कावासाकी, स्कोडा, सिट्रोन इन्डियो, भक्सवान पनि मूल्य बढाउने तयारीमा छन् । ती मध्ये अधिकांश कम्पनीले गत महीनामा सार्वजनिक गरेको विज्ञप्तिमा कच्चा सामग्रीको मूल्य वृद्धिसँगै गाडी निर्माण लागत बढेको र यसै कारण उत्पादनको मूल्य बढाउने उल्लेख गरेको छन्। एजेन्सीहरु

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १२ पुष २०७८, सोमबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १२ पुष २०७८, सोमबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १२ पुष २०७८, सोमबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP