बैतडी विमानस्थल स्तरोन्नतिका लागि रु एक करोड ५० लाख ४४ हजार २४७ विनियोजन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उडड्यन प्राधिकरणको बैठकले बहुवर्षीय आयोजनाअन्तर्गत बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरेकाले सो रकम प्राप्त भएको हो ।
बैठकले धनगढी विमानस्थलका लागि रू एक अर्ब, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि रू दुई करोड ६५ लाख उपलब्ध गराउनुका साथै डोटी, साँफेबगर, कमलबजार, महेन्द्रनगर, बाजुरा र डडेल्धुरा विमानस्थलका लागि पनि बजेट विनियोजन गरेको छ ।
पाटनमा रहेको विमानस्थल २६ वर्षपछि विसं २०७७ असोज अन्तिम सातादेखि पुनः सञ्चालनमा आएको हो । विमानस्थल कालोपत्र गर्न विसं २०७३ मा रु ११ करोड बजेट विनियोजन गरिएकामा सो काम सम्पन्न भइसकेको जनाइएको छ । हाल साताको एक दिन शुक्रबार पाटन–धनगढी नियमित उडान हुने गरेको छ । पाटनमा विसं २०३२ मा विमानस्थल निर्माण थालिएकोमा २०३५ सालदेखि हवाई उडान सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । विसं २०५८ मा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो । विमानस्थलको धावनमार्ग निर्माण भए पनि टर्मिनल भवन र कन्ट्रोल टावरको निर्माण भने सुरु नै भएको छैन ।यो समाचार मध्यनाहबाट लिएको हो।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...