बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । आफ्नो जन्मदिनको अघिल्लाे दिन सलमान खान आफ्नो पनवेल फार्महाउस गएका थिए । जहाँ उनलाई गैर-विषालु सर्पले टोकेको थियो ।
यो घटना आइतबार बिहान भएको थियो । उनलाई उपचारका लागि कामोठे स्थित एमजीएम अस्पतालमा लगिएको थियो । आज बिहान ९ बजे डिस्चार्ज गरिएको बताएका छन् । उनको हातमा सर्पले डसेको थियो तर अहिले उनको अवस्था राम्रो छ । उनलाई एन्टी वेनम औषधि खुवाइयो र केही घण्टाको अवलोकनपछि अभिनेतालाई घर जान अनुमति दिइयो ।
क्रिसमस मनाउनका लागि परिवारसित पानभेल फार्म हाउस गएका बेला उनलाई सर्पले टोकेको बताएका छन् । लकडाउनका बेलामा पनि उनी यही फार्म हाउसमा बसेका थिए ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...