१८ माघ २०७९, बुधबार
February 1, 2023, Wednesday

बेलायतमा एकै दिन थपिए १ लाख २२ हजारभन्दा बढी कोरोना संक्रमित

बेलायतमा एकै दिन थपिए १ लाख २२ हजारभन्दा बढी कोरोना संक्रमित

 बेलायतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार शनिवार मात्र एक लाख २२ हजारभन्दा बढी संक्रमित भेटिएका बताइएको छ ।

यसअघि यहाँ शुक्रवार मात्र एकै दिनमा १ लाख २० हजार संक्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको संक्रमण शुरु भएदेखि नै एकै दिनमा देखिएको यो सबैभन्दा बढी संक्रमित संख्या हो ।

त्यसपछि शनिवार मात्र यहाँ १ लाख २२ हजार १८६ जनामा संक्रमण भएको हो । यो नै यहाँ कोरोना भाइरसको संक्रमण शुरु भएदेखि नै सबैभन्दा धेरै संक्रमित पाइएको बताइएको छ । बेलायतमा पछिल्ला केही हप्ताहरुमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरूले प्रकोप शुरु भएयताकै सबैभन्दा धेरै संक्रमित बढेका बताइरहेका छन् ।

त्यसैगरी यहाँ हरेक दिन ओमिक्रोन भेरियन्ट पनि बढ्दो देखिएको छ । पछिल्लो समयमा ओमिक्रोन भाइरस देखिएपछि यहाँका कतिपय कार्यक्रमहरूमा पनि प्रतिबन्ध लगाउन शुरु गरिएको छ । यहाँ अहिलेसम्म एक करोड १८ लाख ९१ हजार भन्दा बढी संक्रमित पुगेका छन् । त्यसैगरी बेलायतमा यो सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४७ हजारभन्दा बढी पुगेको बताइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा यहाँ १३७ जना कोरोना भाइरसका संक्रमितहरुको ज्यान गएको बताइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्ताहरूमा संक्रमणको तुलनामा मृत्यु दरमा भने उल्लेख्य रूपमा कमी आएको बताएका छन् । रासस

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • ११ पुष २०७८, आईतवार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • ११ पुष २०७८, आईतवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • ११ पुष २०७८, आईतवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP