२० वर्ष भारतीय तथा बहुराष्ट्रिय कम्पीहरूको सेल्स अनुभव हासिल गरेका गोदरेज एप्लाएन्सेस्का एक्स्पोर्ट सेल्स प्रमुख सलाम सोनामनी लुवांग नेपालमा गोदरेजको बजार विस्तार हुने क्रममा रहेको बताउँछन् । गोदरेजभन्दा अगाडि एलजीको सेल्स एक्स्पोर्ट प्रमुख भएर काम गरेको अनुभव रहेका उनी नेपालमा विद्युतीय उपकरणको बजार बढ्दो अवस्थामा रहेको तथा नेपाल भारतका लागि महत्वपूर्ण बजार रहेको पनि बताउँछन् । उनै सलामसँग कारोबारले विद्युतीय उपकरणको बजार, नेपालमा गोदरेजको सम्भावनालगायत विविध विषयमा गरेको कुराकानीको सार :
नेपालमा गोदरेजको बजार र प्रभाव कस्तो रहेको छ ?
नेपाल, भारतीय जनमानसको सोच र विचार एकै खालको रहेको छ । साथै भारत र नेपालको संस्कृति, रहनसहन, भाषा, भेशभूषा पनि एकै खालको छ । नेपालमा प्रयोग गर्ने प्रोडक्ट पनि समान प्रकृतिको रहेको छ । गोदरेजले विश्वमा निर्यात हुने कुल निर्यातको २० प्रतिशत हिस्सा नेपालमा निर्यात गर्दै आएका छौं । नेपाल हाम्रो लागि ठूलो बजार रहेको छ । हाम्रो प्रडक्ट उच्च निर्यात हुने विश्वका देशहरूमा नेपाल माथिल्लो सूचीमा रहँदै आएको छ ।
गोदरेज भारतीय बजारमा पहिलो फ्रिज उत्पादन गर्ने कम्पनी हौं, साथै हामी चौथो ठूलो कम्पनी पनि हौं । उपभोक्ताको मागको आवश्यकताको आधार हाम्रो कम्पनीले सामानहरू उत्पादन गर्दै आएका छौं । हाम्रो भारतीय बजारमा राम्रो पकड छ ।
गोदरेज अन्य कम्पनीभन्दा के कारणले फरक छ ?
हामी सन् १८९७ मा स्थापना भएको कम्पनी हौं । १ सय २५ वर्ष पुरानो कम्पनी भएकाले गर्दा भारतमा हाम्रो ब्रान्ड स्थापित भएको छ । हाम्रो कम्पनीले उपभोक्ताको आवश्यकता र मागलाई आधार बनाएर सामान उत्पादन गरिरहेका छौं । हाम्रो उद्योग भारतमा नै भएकाले गर्दा यहाँ उत्पादन गरेर बिक्री–वितरण गर्न र उपभोक्ताको मागलाई सम्बोधन गरेर बजार मागलाई धानिरहेका पनि छौं । भारतमा नै उत्पादन हुने भएकाले गर्दा उपभोक्ताले पनि घरेलु र स्थानीय प्रडक्ट भएकाले गर्दा पनि असाध्यै मन पराउनुभएको छ । हामीले उत्पादन गर्ने सम्पूर्ण सामान वातावरणमैत्री रहेका छन् । हाम्रो उत्पादनमा पनि कम र बढी मूल्यको भएकाले गर्दा उपभोक्ताले आफ्नो आयस्रोतलाई हेरेर खरिद गर्न सक्ने भएकाले पनि हाम्रो उत्पादनले सबैको मन जित्न सफल भएको छ र सबैको नजरमा पर्न सफल भएका छौं ।
विदेशी ब्रान्डसँग प्रतिस्पर्धा गर्न कत्तिको सहज छ ?
हाम्रो ब्रान्डको पहिलो प्राथमिकतामा नै उपभोक्तालाई दिएका छौं, जसले गर्दा कम्पनीले उपभोक्ताको हितका लागि नै काम गर्दै आएको छ र भावी दिनमा पनि गर्ने निर्णय गरेको छ । हामी स्थानीय उद्योग भएकाले गर्दा पनि उपभोक्ताले हाम्रो उत्पादनलाई मन पराएका छन् । १ सय २५ वर्ष पुरानो कम्पनी हो, स्थानीय मागका आधारमा उत्पादन गरेकाले गर्दा पनि हाम्रो उत्पादनलाई मन पराएका छन् । त्यसैले हामी गुणस्तर उपभोक्ताको मागलाई आधारित भएर उत्पादन गर्नमा प्रतिबद्ध रहेका छौं ।
तत्कालीन भारत सरकारले सन् १९९० भन्दा अगाडि विदेशी सामानलाई प्रतिबन्ध लगाएर स्थानीयलाई महŒव दिइएको थियो । यसले गर्दा गोदरेजजस्ता स्थानीय ब्रान्डलाई कत्तिको फाइदा भयो ?
भारतमा हाम्रो उत्पादनलाई प्रमोसन गरेका छौं । १९९० अगाडि स्थानीय र थोरै मात्र उद्योग थिए । पछि धेरै उद्योग आए अनि धेरै प्रतिस्पर्धा बढेर गएको अवस्था छ । भारतमा नै स्थापना भएका कतिपय कम्पनीहरू १९९८ पछि विदेशी ब्रान्ड पनि आए त्यसको फलस्वरूप धेरै प्रतिस्पर्धा बढेर गएको छ । उपभोक्तालाई पनि धेरै छनोटको विकल्प बढेर गएको अवस्था छ । उपभोक्ताका लागि विकल्प हुनु भनेको स्थानीय ब्रान्डका लागि पनि प्रतिस्पर्धामा खरो उत्रन प्रविधिलगायतका कुरामा बल पुग्यो । जसका कारण हाल गोदरेजजस्ता स्थानीय ब्रान्ड आफूलाई अब्बल सिद्ध गर्न सकेका छन् ।
उद्योगको स्थापना र उत्पादकत्व बढेर गएपछि पछिल्लो समय सामानको गुणस्तर भने घटेको उपभोक्तको मनोविज्ञान छ । साथै गुणस्तरीय सामान बजारमा पठाएपछि त्यो सामान धेरै समय टिक्ने भएकाले गर्दा बजारमा गुणस्तरीय सामान नपठाएको भनिन्छ नि ? किन यस्तो प्रचार भएको होला ?
त्यस्तो छैन, गुणस्तरीय सामानको उत्पादन बढेर गएको छ । आधुनिक प्रविधिको प्रयोग पनि बढेको छ भने गुणस्तर मापनको मापदण्ड पनि विकसित भएकाले गर्दा पछिल्लो समय नयाँ प्रविधिको प्रयोग पनि बढेर गएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड पनि बनेकाले गर्दा सामान उत्पादन गर्ने कम्पनीले तोकिएको मापदण्ड पूरा गरेर मात्र सामान उत्पादन गर्न पाउने भएकाले पछिल्लो समय सामानको गुणस्तरमा वृद्धि भएको छ ।
गुणस्तरीय सामान बजारमा पठाउँदा बजारमा माग बढेर कमसल सामान बजारमा पठाउँछन् भन्नु गलत हो, त्यस्तो होइन । हामी दीर्घकालीन सोचका साथ व्यवहार र सामान उत्पादन गरिरहेका छौं । हामीले उपभोक्ताको हित र मागलाई हेरेर कम सामान उत्पादन गरिरहेका छौं । अहिले भारतमा पनि २५ प्रतिशतमात्र फ्रिजको प्रयोग भएको अवस्था छ । अझ ७५ प्रतिशत मानिसको पहँुचमा फ्रिजजस्ता होम अप्लाइन्सको प्रयोग बढ्न सकेको छैन । हामीले अझ धेरैको पहँुचमा हाम्रो उत्पादन पु¥याउनु आवश्यक छ । उपभोक्ताको आयस्रोत र उपभोक्ताको मागलाई आधार बनाएर हामीले दीर्घकालीन सोचका उत्पादनमा जोड दिएका छौं ।
सामाजिक उत्तरदायित्वको सवालमा गोदरेजले कसरी काम गरिरहेको छ ?
हामीले दुई किसिमबाट सामाजिक उत्तरदायित्वको क्षेत्रमा काम गरिरहेका छौं । पहिलो भनेको उपभोक्ताको मागअनुसारको सामान उत्पादन गरेर सेवा दिएका छौं । अर्को भनेको समाजमा योगदान दिएर काम गरिरहेका छौं । हामीले हाम्रो उद्योगमा पनि वातावरणमैत्री बनाउनका लागि धेरैको संख्यामा रूख रोपेका छौं । हामीले वातावरणलाई हानि गर्ने ओजन तहको विनाश गर्ने खालको कुनै पनि उत्पादन गरेका छैनौं । यसको फलस्वरूप ग्लोबल वार्मिङ कम गर्न केही हदसम्म भए पनि हामीले योगदान पु¥याएका छौं भने हामीले उत्पादन गरेका सबै उत्पादन वातावरणमैत्री रहेका छन् । हामी वातावरणमैत्री बन्नका लागि र हाम्रो उत्पादनलाई गुणस्तरीय बनाउनका लागि कुनै पनि कसर बाँकी राखेका छैनौं । अन्य कम्पनीले जस्तो सस्तोमा सामान बिक्री गर्नका लागि गुणस्तरमा सम्झौता गरेर वातावरणमा ह्रास आउने खालको नीति हामीले लिएका छैनौं । गुणस्तर, वातावरणमैत्री सामान उत्पादन गर्नका लागि हाम्रो कम्पनी प्रतिबद्ध रहेको छ ।
वातावरणमैत्री सामान उत्पादन गर्न सम्भव छ त ?
हामीले उत्पादन गरेका सामानहरू वातावरणमैत्री बनाएका छौं । अन्य कम्पनीको तुलनामा हाम्रो कम्पनीले उत्पादन गरेका सामान दोब्बर बढी वातावरणमैत्री उत्पादन गरिरहेका छौं । हाम्रो नारा नै उपभोक्ताको मागमा आधारित सामान बनाउने र वातावरणमैत्री सामान उत्पादन गर्ने लक्ष्यका साथ सेवा र वातावरणमा जोड दिएका छौं ।
बजारमा गोदरेज कम्पनीका नयाँ उत्पादन केके आउँदै छ ?
पछिल्लो समय हामीले बजारमा ल्याउन खोजेको भनेको सेमिकन्डक्टर कुलिङ डिभाइस आउँदै छ । यो प्रडक्ट पनि वातावरणमैत्री रहेको छ । अर्को भनेको इन्टिलिजेन्स टेक्नोलोजी आउँदै छ बजारमा चाँडै । साथै हामीले भ्याक्सिनका लागि सप्लाई चेनको रूपमा काम गर्ने गरी योजना अगाडि सारेका छौं । भ्याक्सिनको प्रयोगका लागि पावर सप्लाई टुट्दा पनि करिब १२ दिनसम्म चिसो राख्न सकिने मेडिकल फ्रिज उत्पादन गरेर बजार पठाउने तयारी गरेका छौं ।
पछिल्लो समय कोभिड–१९ का कारण उद्योगको उत्पादनमा असर गरेको छ ?
हामीलाई कोभिड–१९ का कारण तीन किसिमको असर गरिरहेको छ । पहिलो वितरणको चेन सप्लाइमा असर गरेको छ । दोस्रो काम कामदार राखेर सामान उत्पादन गर्नुपर्ने भएकाले गर्दा उत्पादकत्वमा कमी आएको छ । अर्को भनेको मानिसको जीवनयापनमा परिवर्तन भएकाले गर्दा हाम्रा उत्पादनहरू प्राथमिकतामा नपरेको अवस्था थियो, तर विस्तारै त्यो परिवर्तन हुने क्रममा रहेको छ, अहिले आएर । मानिसले स्वास्थ्य सामग्रीमा बढी खर्च गर्न थाले त्यो समयमा घरको खर्च पनि बढेर गएको छ । अर्काे भनेको घरमा नै कार्यालयको काम गर्न अनलाइनको विकास भएपछि भने सामानको प्रयोग पनि बढेर गएको अवस्था छ । कोभिड–१९ भन्दा अगाडि २५ प्रतिशतले प्रत्येक वर्ष सामानको माग बढेर गएको थियो । तर, पछिल्लो समयमा भने सिङ्गल डिजिटमा ग्रोथ भएको अवस्था छ । यो वर्ष हामीले होम अप्लाइन्सको प्रयोगमा हाम्रो उत्पादनका सामग्रीको प्रयोग १० प्रतिशत बढाउने लक्ष्य लिएका छौं । कोभिड–१९ पछि जनजीवन पनि विस्तारै लयमा फिर्ता हुने क्रममा रहेको छ भने हाम्रो उत्पादनको माग पनि विस्तार वृद्धि हुने क्रममा छ । भारतपछि हाम्रो लागि नेपाल ठूलो बजार हो । नेपालमा हामीले उत्पादन गरेको फ्रिज तेस्रो स्थानमा रहेका छन् । होम अप्लाइन्सको बजार भनेको हाम्रो १५ प्रतिशत हामीले ओगटेका छौं ।
कम्पनीले नेपालमा नयाँ उत्पादन तत्काल केही ल्याउँदै छ ?
नेपालमा अहिले विद्युतको खपत ४० प्रतिशतले बढेको छ । माइक्रो ओभन, फ्रिज, वासिङ मेसिनको प्रयोग बढेको छ । सरकारले पनि विद्युतीय सामानमा प्रोत्साहन गरेको छ । त्यसैले हामीले पनि होम अप्लाइन्सको प्रयोगमा जोड दिएका छौं । विद्युतको सामानको बिक्री र विस्तार बढाउनका लागि हामीले पनि विभिन्न आकर्षक सुविधा दिएर लागिपरेका छौं । कोभिड–१९ पछि बजारमा विद्युत्का सामग्रीको प्रयोग बढेका कारण अझ ठूलो अवसर बजारमा रहेकाले गर्दा हामीले कसरी सेवा–सुविधा दिएर उपभोक्तालाई सेवा दिन सकिन्छ, त्यसतर्फ कम्पनी सधैं प्रतिबद्ध छ ।यो समाचार कारोबार दैनिक बाट लिएको हो।
कञ्चनपुरमा बङ्गुरपालकको संख्या बढेसँगै बजारको अभाव हुन थालेको छ । बजार अभाव भएपछि बङ्गुरपालक सस्तोमै बङ्गुर बेच्न बाध्य भएका छन्...
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...
खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको बढ्दो जनसङ्ख्यालाई ध्यानमा राख्दै सरकारले मकवानपुरको कुलेखानी खोलामा बाँध बनाई दैनिक १५ करोड लिटर पानी...