२१ असार २०७९, मंगलवार
July 5, 2022, Tuesday

सेयर बजार परिसुचक २३ सय ७६ बिन्दुमा

सेयर बजार परिसुचक २३ सय ७६ बिन्दुमा

सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन चार दसमलव २३ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार पुन ३७ दसमलव ८७ अंकले ओरालो लागेर २३ सय ७६ दसमलव ७४ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन पाँच दसमलव ८८ अंकले ओरालो लागेर चार सय ५३ दसमलव ५३ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ३७ हजार दुई सय ३६ पटकको कारोवारमा ५३ लाख ७९ हजार आठ सय ६० कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा यसदिन कुल सेयर कारोवार रकम दुई अर्ब ३० करोड १७ लाख ५१ हजार नौ सय ६८ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक शुन्य दसमलव शुन्य आठ अंकले उकालो लागेको छ भने बाँकी उपसमुहको सुचक ओरालो लागेका छन् ।स्रोत :आर्थिक दैनिक

Related News

मतदाता नामावलीमा नाम दर्ता गर्न के–के कागजात चाहिन्छ ?
मतदाता नामावलीमा नाम दर्ता गर्न के–के कागजात चाहिन्छ ?
  • १ पुष २०७८, बिहीबार

सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...

भेरी–बबई डाइभर्सन आयोजना सकिन तीन वर्ष लाग्ने, ५६ प्रतिशत काम सम्पन्न
भेरी–बबई डाइभर्सन आयोजना सकिन तीन वर्ष लाग्ने, ५६ प्रतिशत काम सम्पन्न
  • १ पुष २०७८, बिहीबार

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...

अन्तर्राष्ट्रिय योग दिवस मनाइयो
अन्तर्राष्ट्रिय योग दिवस मनाइयो
  • १ पुष २०७८, बिहीबार

मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...

TOP