२१ असार २०७९, मंगलवार
July 5, 2022, Tuesday

निर्वाचन आयोगले आगामी राष्ट्रियसभा निर्वाचनका लागि मतदाता संख्या र मतदान केन्द्र तोकियो

निर्वाचन आयोगले आगामी राष्ट्रियसभा निर्वाचनका लागि मतदाता संख्या र मतदान केन्द्र तोकियो

निर्वाचन आयोगले फागुन १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै ८ वटा मतदानस्थलमा १४ वटा मतदान केन्द्रहरू रहने जानकारी दिएको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्यहरू ५ सय ३२ र पालिका प्रमुख र उपप्रमुख १ हजार ४ सय ९३ गरी जम्मा दुई हजार २५ मतदाता हुनेछन् ।

निर्वाचनका लागि प्रदेश १ मा २ वटा मतदान स्थल अन्य ६ वटामा १-१ वटा मतदानस्थल भित्र २–२ वटा मतदान केन्द्र ८ वटा मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकिएका छन् ।

प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेशसभा सदस्यहरूका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ ।

प्रदेश २ को लागि महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र, दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल रहने आयोगले जनाएको छ।

Related News

अन्तर्राष्ट्रिय योग दिवस मनाइयो
अन्तर्राष्ट्रिय योग दिवस मनाइयो
  • १ पुष २०७८, बिहीबार

मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...

कुलेखानीको पानी काठमाडौंमा ल्याइन्छ : खानेपानी मन्त्री
कुलेखानीको पानी काठमाडौंमा ल्याइन्छ : खानेपानी मन्त्री
  • १ पुष २०७८, बिहीबार

खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको बढ्दो जनसङ्ख्यालाई ध्यानमा राख्दै सरकारले मकवानपुरको कुलेखानी खोलामा बाँध बनाई दैनिक १५ करोड लिटर पानी...

मन्त्री आलेलाई राजिनामा दिन पर्यटन ब्यबसायि छाता संगठनको सुझाव
मन्त्री आलेलाई राजिनामा दिन पर्यटन ब्यबसायि छाता संगठनको सुझाव
  • १ पुष २०७८, बिहीबार

अहिलेका सबैभन्दा चर्चित ब्यक्ति को हुन् भनेर सोध्यो भने जो कोहीले पनि सजिलै भन्न सक्छ, प्रेम आले । प्रधानमन्त्री शेर...

TOP