बुधबार बेलायतमा एकै दिनमा नयाँ कोरोना संक्रमितको संख्यामा कीर्तिमानी देखिएको छ । बुधबार ७८ हजार ६१० मामिला देखा परेका छन् । जुन हालसम्मकै एकै दिनको सर्वाधिक बढी संख्या हो ।
यो भन्दा पहिले ८ जनवरीमा अधिकतम ६८ हजार ५३ बिरामी देखिएको थियो । उक्त समयमा बेलायतमा लकडाउन कायम गरिएको थियो । पत्रकार सम्मेलनको समयमा मुख्य चिकित्सा अधिकारी प्राध्यापक क्रिस व्ह्टिीने आगामी समय झनै खराब हुने चेतावनी दिएका थिए । कुनै पनि समयमा उक्त रेकर्ड पनि तोडिन सक्ने उनले बताएका थिए ।
उनले क्रिसमसको समयमा मानिसहरुलाई सामाजिक दुरी कायम गर्न सतर्क समेत गराएका छन् । प्राध्यापक व्ह्टिीसँगै पत्रकार सम्मेलनमा रहेका प्रधानमन्त्री बोरिस जोन्सनले सबैलाई बुस्टर डोज लगाउन आवश्यक रहेको बताएका छन् । केही क्षेत्रमा दुई दिनभन्दा पनि कम समयमा संक्रमणको मामिला दुईगुणा हुदै गएको चेतावनी प्रधानमन्त्रीले दिएका छन् । अस्पतालमा बेडको संख्यालाई लिएर पनि उनले चिन्ता व्यक्त गरेका छन् ।
बेलायतमा दुई फरक महामारीको चिन्ता रहेको भनाई प्राध्यापकको थियो । यसमा तीव्र रुपमा फैलिएको ओमिक्रोन र दोस्रो डेल्डा भेरियन्ट छन् ।एजेन्सी
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...