नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मतगणना बुधबार अपराह्न साढे ४ बजेदेखि हुने भएको छ । निर्वाचन समिति सदस्य अधिवक्ता केशव रिजालका अनुसार साढे ४ बजेदेखि मतगणना सुरु हुनेछ।
पार्टीका नेतासहितको बैठकले बुधबार नै मतगणना सुरु गर्ने निर्णय गरेको उहाँको भनाइ छ । ‘बैठकले साढे ४ बजेदेखि पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना गर्ने निर्णय गरेको छ’, रिजालले भन्नुभयो ।
पार्टी सभापतिका लागि दोस्रो चरणमा भएको मतदानबाट शेरबहादुर देउवा निर्वाचित भइसक्नुभएको छ । सभापतिको मतपरिणाम सार्वजनिक भए पनि पदाधिकारी एवं केन्द्रीय सदस्यको मतगणना बाँकी छ ।
नेपाली काँग्रेसको पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ । मतदान लगत्तै सोमबार पदाधिकारी र केन्द्रीय सदस्यको मतपेटिका पार्टी केन्द्रीय कार्यालयमा लगिएको थियो ।
पार्टी सभापतिमा पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि मङ्गलबार बढी मत पाउने शेरबहादुर देउवा र डा. शेखरप्रसाद कोइरालाबीच दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको मतदानमा देउवा सभापति निर्वाचित हुनुभएको छ ।
पदाधिकारी र केन्द्रीय सदस्यको परिणाम भने बुधबार मध्यरातबाट सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।यो समाचार गोरखापत्रबाट लिएको हो।
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...