नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि आज भएको मतदानमा १ हजार ३६५ मत खसेको छ।
मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो पौने चार बजेसम्म १ हजार ३६५ मत खसेको निर्वाचन समितिले बताएको छ । १३२ ओटा पदका लागि ४८७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
केन्द्रीय निर्वाचन समितिका अनुसार हाल राष्ट्रिय सभा गृहमा ५१३ मत र भृकुटीमण्डपका दुई स्थान (प्रदर्शनी हल र प्राङ्गण) मा ८५२ मत खसेको छ । भृकुटीमण्डपका दुई ओटा स्थानमा २ हजार १०० र १ हजार ३०० तथा राष्ट्रिय सभागृहमा १ हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ ।
*केन्द्रीय निर्वाचन समितिको तथ्यांक अनुसार अद्यावधिक गरिएको |Abhiyan
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...