अनलाइन बजार दराजले सेल अभियान १२.१२ को शुरूआत गरेको छ।
२४ मंसीरबाट शुरू भएको अभियानमा उपभोक्ताले विशेष छूट, रु.४ हजारको मेगा भाउचर र ब्यांक कार्ड मार्फत १० प्रतिशत (अधिकतम रु.२ हजार) सम्मको थप छूटको लाभ उठाउन सक्नेछन्।
यस अभियानमा सन्राइज ब्यांक, एनएमबी, ब्यांक अफ काठमाडौं, सिटिजन्स र एभरेष्ट ब्यांकका कार्डवहाकले क्रेडिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम रु.२ हजार) र डेबिट कार्ड मार्फत १० प्रतिशत वा अधिकतम रु.१ हजार छूट पाउनेछन्।
त्यसैगरी, ईसेवा र आईएमई–पे वालेट मार्फत भुक्तानी गर्दा सीमित समयभित्र १० प्रतिशत वा अधिकतम रु.५०० सम्मको विशेष छुट पाउने कम्पनीले जनाएको छ।
१२.१२ अभियानमा फिलिप्स, सामसङ, लेनोभो, एर्क, लोट्टो, सीजी डिजिटल लगायत कम्पनीका उत्पादनमा ६० प्रतिशतसम्म छूट दिएका छन्।
दराजले यसअघि ११.११ अभियान सञ्चालन गरेको थियो।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...