नेपाली कांग्रेसको १४ औं महाधिवशेनबाट सभापति चुनिन पाँच जनाबीच प्रतिष्पर्धा हुने भएको छ।
कांग्रेसको निर्वाचन समितिले आइतबार अपरान्ह सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा पाँच जनाले सभापतिमा दाबी गरेका छन्।
कल्याणकुमार गुरूङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डाक्टर शेखरप्रसाद कोइराला र शेरबहादुर देउवाले सभापतिमा दाबी गरेका हुन्।
२ जना उपसभापतिमा सात जनाको उम्मेदवारी परेको छ। डाक्टर चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरूङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाले कांग्रेस उपसभापतिमा दाबी गरेका छन्।
२ जना निर्वाचित महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको छ। गगन थापा, डाक्टर प्रकाशशरण महत, प्रदीप पौडेल, डाक्टर मिनेन्द्र रिजाल, डाक्टर राजाराम कार्की र विश्वप्रकाश शर्मा महामन्त्रीका लागि प्रतिष्पर्धामा उत्रिएका छन्।
नयाँ नेतृत्व छान्नका लागि सोमबार बिहान ८ बजेदेखि मतदान हुनेछ। कांग्रेसका ४७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले मत खसालीसकेपछि मत गणना सुरू हुनेछ।
सुरूमा सभापतिको मतगणना हुनेछ। सभापतिमा दुईभन्दा बढी उम्मदेवार हुँदा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मदवारबीच फेरि चुनाव हुने कांग्रेस विधानको व्यवस्था छ।
सभापतिको टुंगो लागेपछि अरू पदका लागि मतगणना सुरू हुनेछ।
मतगणना सकिन कम्तीमा १० दिन लाग्न सक्ने कांग्रेस निर्वाचन समितिले जनाएको छ।setopati
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...