नेपालमा विगत २४ घण्टामा थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार दिएको जानकारी अनुसार उक्त अवधिमा २५४ जना संक्रमित थपिएका हुन्।
उक्त अवधिमा ८ हजार ६८२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार सो अवधिमा ६ हजार ६८२ जनाको पीसीआर परीक्षण र २ हजार ४१४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ५ हजार ८९० जना सक्रिय संक्रमित छन्।
सो अवधिमा २३४ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी कोरोना संक्रमणबाट यसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ ।
नेपालमा हाल कोरोनाबाट निको हुनेको दर ९७ दशमलव ९ प्रतिशत रहेको छ। मन्न्त्रालयले काठमाडौं उपत्यकामा उक्त अवधिमा १५४ जना संक्रमित थपिएको बताएको छ । जस अनुसार काठमाडौं जिल्लामा ११९ जना, ललितपुर जिल्लामा ३० जना र भक्तपुर जिल्लामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...