कोभ्याक्स सुविधा अन्तर्गत १९ लाख ६५ हजार आठसय डोज मोडर्ना खोप नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले विहान १९ लाख ६५ हजार आठसय डोज खोप आएको जानकारी दिनुभयो ।
योसँगै नेपालमा ३६ हजार ५१ हजार छ सय डोज मोडर्ना खोप आइपुगेको थापाले जानकारी दिनुभयो । सरकारले उक्त खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहाल अनुसार देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान सञ्चालन गर्न लागेको जनाएको छ।
यसअघि, सरकारले १२ देखि १८ वर्ष उमेर समूहका २४ विशेषज्ञ अस्पतालहरुबाट दीर्घरोगीलाई फाइजर खोप दिइसकेको छ। भने सोही समयमा बाकी रहेको खोप स्वस्थ किशोरकिशोरीलाई पनि फाइजर खोप दिइएको थियो ।
सरकारले तीन महिना पूरा भएका गर्भवतिहरुलाई पनि कोरोना विरुद्धको खोप लगाउन अनुरोध गरेको छ। नेपालमा खोप अभाव नभएको भन्दै सरकारले सबैलाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरेको छ। स्वास्थ्य मन्त्रालयले यसअघि, २८ जिल्लाका १६ हजार खोप केन्द्रबाट नियमित कोरोना खोप अभियान भइरहेको पनि जनाएको छ।
सरकारले अहिलेसम्म दुई करोड करोड पाँच लाख एक हजार ८१० मात्रा खोप लगाइसकेका छन् । जसमा ३७.१ प्रतिशत एक मात्रा, ३०.४ प्रतिशत दुई मात्रा खोप लगाएका छन् ।
त्यस्तै, लक्षित समूहका ५६.५ प्रतिशत एक मात्रा, ४६.४ प्रतिशतले दुई मात्रा खोप लगाएका छन् ।
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...
खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको बढ्दो जनसङ्ख्यालाई ध्यानमा राख्दै सरकारले मकवानपुरको कुलेखानी खोलामा बाँध बनाई दैनिक १५ करोड लिटर पानी...
अहिलेका सबैभन्दा चर्चित ब्यक्ति को हुन् भनेर सोध्यो भने जो कोहीले पनि सजिलै भन्न सक्छ, प्रेम आले । प्रधानमन्त्री शेर...