९ चैत्र २०७९, बिहीबार
March 23, 2023, Thursday

नेपाली कांग्रेसको १४ औं महाविधेशन उद्घाटन शत्र भृकुटीमण्डपमा शुरु

नेपाली कांग्रेसको १४ औं महाविधेशन उद्घाटन शत्र भृकुटीमण्डपमा शुरु

सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाविधेशनको उद्घाटन शत्रको कार्यक्रम शुरु भएको छ ।

कार्यक्रममा सहभागी हुन देशका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ता भृकुटीमण्डपमा भेला भएका छन् । कार्यक्रममा जननेता बिपी कोइरालाल, सुर्वण शम्सेर, सन्तनेता कृष्णप्रसाद भट्टराई, शान्तिनायक एवं पूर्वप्रधानमन्त्री एवं सभापति गिरिजाप्रसाद कोइराला, पूर्वसभापति सुशील कोइलाको तस्वीरमा सभापति शेरबहादुर देउवाले माल्यापर्ण गर्नुभयो ।

‘उत्साह, एकता र रुपान्तरण’ भन्ने नाराका साथ कांग्रेसले महाधिवेशनको आयोजना गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट परम्परागत भाँकीसहितको जुलुस कार्यक्रमस्थलमा पुगेको छ । उद्घाटन शत्रको आकर्षणको केन्द्रमा महिला समूहले बजाएको पञ्जेबाजा देखिएको थियो । तामाङ, शेर्पा, गुरुङ, थारु किराँत राई समुदायको सांस्कृतिक प्रदर्शन पनि अर्को आकर्षणको केन्द्र बनेको थियो ।     
     
विभिन्न समुदायले आ–आफ्ना सांस्कृतिक भाँकीसहित महाधिवेशनको उद्घाटनस्थलमा भेला भएका छन् । महाविधेशनस्थलमा जताततै कांग्रेसको चारतारे झण्डाले सजाइएको छ भने आकर्षक मञ्चसमेत बनाइएको छ । काठमाडौं उपत्यकाका कार्यकर्ताले परम्परागत नेवारी पोशाक र धिमे बाजाका साथमा प्रदर्शन गरेका थिए ।     
     
आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा ४ हजार ७०० जना प्रतिनिधि सहभागी हुने छन् । महाधिवेशनले एक सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री, आठ जना सहमहामन्त्रीसहितका पदाधिकारी चयन गर्नेछ । यस्तै, १३४ जना सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ । कोषाध्यक्ष भने केन्द्रीय समितिले चयन गर्नेछ ।     
     
महाविधेशनमा सत्तारुढ गठबन्धनमा सहभागी दलका शीर्ष नेताले शुभकामना दिने कार्यक्रम तय भएको छ । रासस

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २४ मंसिर २०७८, शुक्रबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २४ मंसिर २०७८, शुक्रबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २४ मंसिर २०७८, शुक्रबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP