२१ असार २०७९, मंगलवार
July 5, 2022, Tuesday

उपत्यकाका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको पहिलो खोप लगाइँदै

उपत्यकाका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको पहिलो खोप लगाइँदै

उपत्यकाका १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको पहिलो खोप लगाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिशिल्ड, भेरोसेल र एस्ट्राजेनेकाकोे खोप लगाउन लागेको हो ।

मन्त्राालयले कोरोनाविरुद्धको खोप लगाउनका लागि काठमाडौं जिल्लामा सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महराजगञ्ज, वीर अस्पताल महाबौद्ध र वयोधा अस्पताल बल्खुमा खोप केन्द्र तोकिएको छ । यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूतीगृह तथा स्त्री रोग अस्पताल थापाथली, निजामती कर्मचारी अस्पताल मिनभवन र एपेक्स पोलीक्लिनिक जडीबुटीमा बिदाको दिनबाहेक हरेक दिन विहान १० बजेदेखि ३ बजेसम्म खोप दिइन लागेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ललितपुरमा पनि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । ललितपुर महानगरपालिकामा पाटन अस्पताल, छवा–बहाल जनस्वास्थ्य शाखा र सैंबु स्वास्थ्य चौकीमा कोरोनाविरुद्धको खोप लगाइँदै छ । साथै महालक्ष्मी नगपालिकामा लुभु प्राथमिक स्वास्थ्य केन्द्र, इमाडोल स्वास्थ्य चौकी रर गोदावरी नगरपालिकामा बज्रबाराही चापागाउँ अस्पताल, बडेगाउँ प्रथमिक स्वास्थ्य केन्द्र र लेल प्रथमिक स्वास्थय केन्द्र साथै बागमती गाउँपालिकामा भट्टेडाँडा स्वास्थ्य चौकी, कोन्जोसोम गाउँपालिकामा चौघरे स्वास्थ्य चौकी र महांकाल गाउँपालिकामा गोटिखेल स्वास्थ्य चौकीमा कोरोनाविरुद्धको खोप लगाइँदै छ । खोप बिदाको दिनबाहेक हरेक दिन विहान १० देखि ३ बजेसम्म खोप दिइन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, भक्तपुरमा १८ वर्षमाथिका सबै नागरिक र गर्भवती भएको तीन महिना नाघेका महिलाहरुलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ ।

भक्तपुरमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमीमा बुधबार र शुक्रबार बिहान ११ बजेदेखि ३ बजेसम्म र ख्वप अस्पताल च्यामसिंह भक्तपुरमा विदाको दिनबाहेक प्रत्येक दिन विहान १० बजेदेखि दिउँसो १ बजेसम्म खोप लगाइने मन्त्रालयले जनाएको छ ।

Related News

मतदाता नामावलीमा नाम दर्ता गर्न के–के कागजात चाहिन्छ ?
मतदाता नामावलीमा नाम दर्ता गर्न के–के कागजात चाहिन्छ ?
  • २३ मंसिर २०७८, बिहीबार

सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै...

भेरी–बबई डाइभर्सन आयोजना सकिन तीन वर्ष लाग्ने, ५६ प्रतिशत काम सम्पन्न
भेरी–बबई डाइभर्सन आयोजना सकिन तीन वर्ष लाग्ने, ५६ प्रतिशत काम सम्पन्न
  • २३ मंसिर २०७८, बिहीबार

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने देखिएको छ । याे आयोजनाको हालसम्म...

अन्तर्राष्ट्रिय योग दिवस मनाइयो
अन्तर्राष्ट्रिय योग दिवस मनाइयो
  • २३ मंसिर २०७८, बिहीबार

मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...

TOP