१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी मर्नेको संख्या ३४ पुग्यो

इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरू १७ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।

गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजांग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरू भाग्ने क्रममा मृत्यु भएको बताइएको छ ।

प्रभावित क्षेत्रबाट करिब तीन हजार ७०० व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको छ । ज्वालामुखी भग्नावशेष, भत्किएका भवनहरू र ध्वस्त भएका सवारीसाधनहरूमा बाँचेका र शवहरू खोज्दै, उद्धारकर्ताहरू खतरनाक परिस्थितिसँग लडिरहेका छन् । खोजी टोलीले मङ्गलबार अपरेसनमा सहयोग गर्न कुकुरहरू तैनाथ गरेका थिए ।

यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले यहाँ अहिलेसम्म पनि १७ जना व्यक्ति हराइरहेको जानकारी दिए । उनले हराएका ती व्यक्तिहरुको बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरू हराएका या मृत्यु भएको पनि हुनसक्ने बताएको छ । रासस/एएफपी

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • २१ मंसिर २०७८, मंगलवार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • २१ मंसिर २०७८, मंगलवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • २१ मंसिर २०७८, मंगलवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP