भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या निकै कम भएको छ ।
अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ वर्षपछिकै सवैभन्दा कम संक्रमित भएको मंगलवार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ८२२ जना नयाँ संक्रमित थपिएका हुन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो संख्या ५५८ दिनपछिकै सवैभन्दा कम भएको जनाएको छ । भारतमा पछिल्लो समयका सवैभन्दा धेरै संक्रमितहरुको संख्या केरला राज्यमा देखिदै आएको छ । पछिल्लो थपिएकामध्ये पनि केरलाका मात्रै ३ हजार २७७ जना रहेका छन् ।
मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या ९५ हजार १४ रहेको छ । यो संख्या पनि ५५४ दिनपछिकै सवैभन्दा कम रहेको पनि मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।
कुल संक्रमितमध्ये एक प्रतिशतभन्दा कम मात्रै अहिले संक्रमित अवस्थामै रहेका हुन् । मन्त्रालयले पछिल्लो एक दिनमा १० हजार ४ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको बताएको छ ।
दैनिक संक्रमितको संख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको संख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको संख्या पनि निकै कम भएको हो । भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या ३ करोड ४० लाख ७९ हजार ६१२ रहेको छ । रासस/ एएएनआई
शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई...
मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १,...
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी...