२८ श्रावण २०७९, शनिबार
August 13, 2022, Saturday

यसवर्ष ढोरपाटनमा चुके सिकारी

यसवर्ष ढोरपाटनमा चुके सिकारी

ढोरपाटन सिकार आरक्षमा यस बर्षको पहिलो सिकारयाममा तीन नाउर र एक झारलको सिकार हुन सकेन । दुई नाउरको सिकारमा सिकार चुके भने एक झारल र एक नाउरको सिकार गर्न अनुमति पाएका सिकारी नेपाल नै आएनन् । यही कारण निर्धारित कोटाअनुसार वन्यजन्तुको सिकार हुन नसकेको हो ।

यस वर्षको पहिलो सिकारमा जम्मा नौ नाउर र तीन झारलको सिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । एक झारल र एक नाउरको अनुमति प्राप्त गरे पनि अन्तिम समयमा रसिएन नागरिक इभिजिनी सिरोक्यो सिकारको लागि आएनन् ।

उनले हिमालयन वाइल्ड आउट फिटरमार्फत सिकार अनुमति लिएका थिए । व्यक्तिगत कारण देखाउँदै सिकारको लागि नआएको फिटरका सञ्चालक शेरबहादुर वाइवाले जानकारी दिए । उनले सुन दह सिकार ब्लकमा एक नाउर र एक झारल सिकार गर्ने अनुमति लिएका थिए ।

यो सिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत फ्रान्सेली नागरिक मार्लियर आन्द्रेले सेन ब्लकमा एक नाउर, ओभिन एन्टोनी नोयलले सेन ब्लकमा एक नाउरको सिकार गरे पनि फागुने ब्लकमा एक झारलको सिकार गर्न सकेनन् ।

हिमालयन सफारीमार्फत मेक्सिकन नागरिक फ्रान्सीको जोई भिजेकोनले सेन ब्लकमा एक नाउरको सिकार गरे । मेक्सिनक नागरिक कार्लाेसले सेन ब्लकमा एक नाउर मारे पनि झारल भने मार्न सकेनन् ।

ट्याक एण्ड ट्रभाल्सले दुई जना युक्रेनी नागरिकलाई सिकारमा लगेको थियो । सेरिया लरेन र नाटालियन लरेनले धुस्तुङ ब्लकमा दुई नाउर र एक झारलको सिकार गरेका थिए । ग्लोबल सफारीमार्फत दोगाडी ब्लकमा पुगेका स्पेनिस नागरिक जोएक्वाईन बेन्जिमेनले एक नाउरको सिकार गरेको ढोरपाटन सिकार केन्द्रका प्रमुख संरक्षण अधिकृत विरेन्द्र कँडेलले जानकारी दिए । स्पेनिस नागरिक मुगलले पनि सोही ब्लवकमा नाउरको सिकार गरेका थिए ।

चेक रिब्लिकन नागरिक रोमनले सुन दह ब्लकमा एक झारल र एक नाउरको सिकार गरेको ग्लोबल सफारीका सञ्चालक शमशेर पराजुलीले बताए । ढोरपाटनमा सिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिंङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तराष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिंगको प्रतिष्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।

Related News

नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प
नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प
  • २१ मंसिर २०७८, मंगलवार

शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई...

आज देशभर वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध
आज देशभर वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध
  • २१ मंसिर २०७८, मंगलवार

मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १,...

सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
  • २१ मंसिर २०७८, मंगलवार

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी...

TOP