नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको प्रदेश अधिवेशनबाट ६ प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ मा नयाँ नेतृत्व चयन भएको हो। छ प्रदशमध्ये चार प्रदेशमा सभापति शेरबहादुर देउवा समूह र दुई प्रदेशमा संस्थापन इतर समूहका उम्मेदवार विजयी भएका छन्।
नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा शेरबहादुर देउवा पक्षीय उम्मेदवार इन्द्र बानियाँ विजयी भएका छन् । आइतबार राति सम्पन्न मतगणनाअनुसार सभापतिका प्रत्यासी रामचन्द्र पौडेल पक्षका जगदीश्वरनरसिंह केसीलाई पराजित गर्दै बानियाँ विजयी भएका हुन । बानियाँले १०८५ मत ल्याए भने केसीले ९२७ मत पाए । खसेको २०२५ मतमध्ये १३ मत बदर भयो ।
पहिलो चरणको निर्वाचनमा तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कसैको पनि ५० प्रतिशत बढी मत प्राप्त नभएपछि शीर्ष दुई मत ल्याउने केसी र बानियाँबीच दोस्रो चरणमा आज प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको मतदानबाट सबैभन्दा कम मत ल्याएका भीमसेन दास प्रधान प्रतिस्पर्धाबाट बाहिरिएका थिए भने सिटौला समूहका उनले त्यसपछि बानियाँलाई समर्थन गरेका थिए ।
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...