१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

नेपाली वस्तुको निर्यात वीरगञ्ज भन्सार हुँदै दुई गुणाले वृद्धि

नेपाली वस्तुको निर्यात वीरगञ्ज भन्सार हुँदै दुई गुणाले वृद्धि

देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धि भएको हो ।

आर्थिक वर्ष २०७७/ ०७८को साउनदेखी कात्तिकसम्मको चार महीनामा वीरगन्ज नाका प्रयोग गरी रू १२ अर्ब ४४ करोड मूल्य बराबरका विभिन्न वस्तु निवासी भएकामा चालु आवको साउनदेखि कात्तिकसम्म रू ३९ अर्ब ५६ करोड ३९ लाख बराबरको विभिन्न वस्तु निकासी भएको छ ।

विश्वस्तरमै कोरोनाको संक्रमण घटदै गएपछि उद्योग व्यापारमा पनि सहजता भएकाले भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यामा वृद्धि देखिएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए।

उनले नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा सबैभन्दा बढी भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, भटमासको पिना, जडीबुटीलगायत वस्तु रहेको बताए।

नेपाली वस्तुको निर्यात वृद्धिसँगै यसको प्रभाव राजस्व संकलनमा समेत देखिएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालू आवको सोही अवधिमा कार्यालयले २६ अर्ब रुपैयाँभन्दा बढी राजस्व संंकलन गर्न सफलता पाएको छ ।

गत आर्थिक वर्षको पहिलो चार महीनामा उक्त कार्यालयले ४३ अर्ब ६७ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गरेकामा चालू आवमा २६ अर्ब ४४करोड ८८ लाख रुपैयाँ बढी अर्थात् ७० अर्ब १२ करोड १४ लाख रुपैयाँ राजस्वसंकलन गरेको छ । रासस

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १९ मंसिर २०७८, आईतवार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १९ मंसिर २०७८, आईतवार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १९ मंसिर २०७८, आईतवार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP