नेपाली कांग्रेसको संस्थापन (सभापति शेरबहादुर देउवा) पक्षबाट सुदूरपश्चिम प्रदेश समितिको सभापतिमा वीरबहादुर बलायर उम्मेदवार हुने भएका छन्।
संस्थापन पक्षका नेताहरुले बलायरको नेतृत्वमा प्रदेश समितिका लागि ‘प्यानल’ बनाउने निर्णय गरेका हुन्। बलायर पार्टीको केन्द्रीय सदस्य हुन्।
यसअघि पौडेल पक्षले सभापतिमा कैलालीका नारायण मिश्र, उपसभापति गोपाल गुरुङ (कञ्चनपुर), मानबहादुर रावल (बाजुरा), महामन्त्रीमा प्रताप गुर्दामी (बझाङ)र रामबहादुर शाही (अछाम) लाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यस्तै सहमहामन्त्रीमा पदमराज पन्त (दार्चुला) र नरेन्द्र भट्ट (बैतडी) उम्मेदवार बन्ने भएका छन् ।
सहमहामन्त्रीमा कञ्चनपुरका गोपालदत्त भट्ट र अछामकी अम्बिका चलाउने उम्मेदवार हुने भएको छ। सहमहामन्त्रीको अर्का १ जना उम्मेदवारको नाम भने टुंगो लाग्न बाँकी रहेको देउवा पक्षीय नेताहरुले जानकारी दिएका छन्।
प्रदेश समितिको जारी अधिवेशनअन्तर्गत शुक्रबार दिउँसो २ देखि ४ बजे सम्मका लागि उम्मेदवारी मनोनयनको समय तोकिएको छ।
मानवका लागि योगको नारा सहित आठौँ अन्तर्राष्ट्रिय योग दिवस देशैभर मनाइएको छ । काठमाडौं स्थित नेपाली आर्मी क्लवमा आयोजित कार्यक्रमलाई...
खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको बढ्दो जनसङ्ख्यालाई ध्यानमा राख्दै सरकारले मकवानपुरको कुलेखानी खोलामा बाँध बनाई दैनिक १५ करोड लिटर पानी...
अहिलेका सबैभन्दा चर्चित ब्यक्ति को हुन् भनेर सोध्यो भने जो कोहीले पनि सजिलै भन्न सक्छ, प्रेम आले । प्रधानमन्त्री शेर...