२८ श्रावण २०७९, शनिबार
August 13, 2022, Saturday

पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण

पर्यटक आगमनमा झिनो सुधार : ११ महीनामा एक लाख २६ हजार २८३ जनाले गरे नेपाल भ्रमण

सन् २०२१ को ११ महीनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अंग्रेजी वर्षको जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नोभेम्बर महीनामा हवाई मार्ग भएर २६ हजार १३५ बाह्य पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा बढी भारतबाट १० हजार ४२१, बंगलादेशबाट एक हजार ३८२ पर्यटक आएका छन् । उक्त महीना नेपालबाट २६ हजार ४८७ बाह्य पर्यटक बाहिरिएका छन् ।

अक्टोबर महीनामा २३ हजार २८४ पर्यटक आएका थिए । तुलनात्मक रुपमा पर्यटक आगमनमा झिनो रुपमा सुधार देखिए पनि बाह्य पर्यटकको संख्या बढ्न सकेको छैन ।

बाह्य पर्यटक आगमनको पछिल्लो दुई महीनाको तथ्यांक हेर्दा झिनो रुपमा सुधार भएको छ । यद्यपि, पर्यटकको संख्या भने बढ्न सकेको छैन । यस वर्षको अघिल्लो महीनाको तुलनामा १२ प्रतिशत हाराहारी पर्यटक बढेको छ ।

पर्यटक आगमन बढेको भए पनि संख्यात्मक रुपमा कम पर्यटक भित्रिएको बोर्डका निर्देशक मणि लामिछानेले बताए । उनले भने, ‘पर्यटनले लय समातेको देखिन्छ तर संख्यात्मक रुपम कम नै हो । यस अवधिमा २० देखि ३० प्रतिशत पर्यटक बढ्ने अनुमान गरिएको थियो ।’

सन् २०१९ को अक्टोबर र नोभेम्बरलाई तुलना गर्दा पर्यटक आगमनको औसत झण्डै उस्तै छ । उक्त वर्ष अघिल्लो महीनाको तुलनामा १३ प्रतिशत पर्यटक बढेका थिए । सन् २०१९ को अक्टोबरमा एक लाख ३० हजार ७४५ र नोभेम्बर महीनामा एक लाख ४७ हजार ८५९ बाह्य पर्यटक नेपाल आएका थिए ।

यसरी पर्यटक आगमनको औसत हेर्दा सन् २०२१ मा बाह्य पर्यटकको संख्या दुई लाख पुग्न मुस्किल देखिएको छ । अघिल्लो वर्ष सन् २०२० मा दुई लाख ३० हजार ८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए । उक्त वर्ष दुई महिनामै दुई लाख हाराहारी पर्यटक आएका थिए । जनवरी र फेब्रुअरीमा अत्यधिक संख्यामा पर्यटक आएका थिए । सन् २०१९ मा ११ लाख ७२ हजार ७२ बाह्य पर्यटक नेपाल आएको तथ्यांक छ ।

यस वर्षको जनवरीमा आठ हजार ८७४, फेबु्रअरीमा नौ हजार १४६, मार्चमा १४ हजार ९७७, अप्रिलमा २२ हजार ४५०, मेमा एक हजार ४६८, जुनमा एक हजार १४३, जुलाईमा दुई हजार ९९१, अगष्टमा पाँच हजार ९१७, सेप्टेम्बरमा नौ हजार ८९८, अक्टोबारमा २३ हजार २८४ र नोभेम्बर महीनामा २६ हजार १३५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । रासस

Related News

नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प
नुवाकोटको बेल्कोटगढी केन्द्रविन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प
  • १६ मंसिर २०७८, बिहीबार

शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई...

आज देशभर वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध
आज देशभर वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध
  • १६ मंसिर २०७८, बिहीबार

मनसुनी प्रणाली थपसक्रिय हुदाँ आज (शनिबार) देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १,...

सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
  • १६ मंसिर २०७८, बिहीबार

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी...

TOP