१८ माघ २०७९, बुधबार
February 1, 2023, Wednesday

बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड

बाला चतुर्दशीका अबसरमा पशुपति क्षेत्र भीड

चतुर्दशी मेलाका लागि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।आज राति पशुपतिनाथ मूल मन्दिर प्राङ्गणमा दिवङ्गत पितृका नाममा महादीपदान भोलि बिहान शतबीज छर्ने गरिन्छ। यसको तयारीका लागि बिहानैदेखि पशुपति क्षेत्रमा भीडभाड बढेको हो।आज रातभर महादीपदान गरेर बसेका भक्तजनले चतुर्दशीका दिन भोलि बिहान स्नान गरी पशुपति क्षेत्रको मृगस्थलीलगायत ठाउँमा शतबीज छर्ने गर्छन्।

यस वर्ष यही मङ्सिर १६ गते राति महादीपदान गर्ने र मङ्सिर १७ गते बिहान शतबीज छर्ने दिन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ। यस अवसरमा देशका विभिन्न भागबाट भक्तजन पशुपतिनाथ मन्दिरमा आउने गर्छन्। यहाँ आउन नसक्ने भक्तजनले भने नजिकको शिवालयमा त्रयोदशीको राति महादीपदान गरी चतुर्दशीका दिन बिहान शतबीज छर्ने गर्छन्।

गौशाला–चारशिवालय, गौशाला–भुवनेश्वरी, जयबागेश्वरी–भुवनेश्वरी, पश्चिम गोल्डेनगेट, गुरुमार्ग(बि–१३ को मार्ग) र उमाकुण्ड–लक्षिणमूर्तितर्फका बाटोमा गाडी प्रवेश निषेध गरिएको हो । यस्तै नियमित आवागमन हुने गाडीलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशालाबाट व्यवस्थापन गरिने कोषले जनाएको छ ।

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १६ मंसिर २०७८, बिहीबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १६ मंसिर २०७८, बिहीबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
बागमती र गण्डकीका केही स्थानमा बिहानैदेखि वर्षा
  • १६ मंसिर २०७८, बिहीबार

हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

TOP