सुदूरपश्चिम प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौ खेलमा तेस्रो जित निकालेसँगै फाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिमले फाइनल यात्रा बलियो बनाएको छ ।
पाँच खेलमा ६ अङ्क जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ ।
मुलपानी क्रिकेट मैदानमा प्रदेश १ ले दिएको ९१ रनको लक्ष्य सुदूरपश्चिमले ३१ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो ।
सुदुरपश्चिमलाई जित दिलाउन वसन्त कार्कीले अविजित रहदै सर्वाधिक ३७ रन जोडे । यस्तै, अर्जून साउदले अविजित ३२ रनको जोड्न सफल भएका थिए ।
प्रदेश १ का अभिनय राजवंशीले सर्वाधिक २ तथा श्रवन किस्कु र अंकित सुवेदीले एक–एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ केवल २४ ओभरमा अलआउट हुदै मात्र ९० रन जोडेको थियो ।
प्रदेश १ का कप्तान अंकित सुवेदीले सर्वाधिक ६१ रनको जोडेका थिए । तर, अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
सुदुरपश्चिमका शेर मल्लले सर्वाधिक ४ विकेट हात पारे भने नरेन्द्र साउदले ३ विकेट लिए ।
साथै, कैलाश ऐरीले २ विकेट लिए ।
सुदुरपश्चिमले फाइनल प्रवेशका लागि अन्तिम खेल बागमती प्रदेशविरुद्ध शुक्रबार खेल्नेछ ।
प्रदेश १ ले पनि पाँचमध्ये तीन खेल जित्दै फाइनलको सम्भावना कायमै राखेको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २४ ओभरमा अलआउट हुदै मात्र ९० रन बनाएको थियो ।
प्रदेश १ का लागि कप्तान अङ्कित सुवेदीले ६१ अर्धशतकीय पारी खेले । उनीबाहेका ब्याटरले प्रदेश १ का लागि दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ सुदूपश्चिमका लागि शेर मल्लले सर्वाधिक ४ विकेट हात पारे । नरेन्द्र साउँदले ३ तथा कैलाश ऐरीले २ विकेट लिए ।
सुदूरपश्चिमले फाइनल प्रवेशका लागि अन्तिम खेल वाग्मती प्रदेशविरुद्ध शुक्रबार खेल्नेछ ।
यता प्रदेश १ ले पनि पाँचमध्ये तीन खेल जित्दै फाइनलको सम्भावना कायमै राखेको छ । प्रदेश १ ले आफ्नो अन्तिम खेल गण्डकी प्रदेशविरुद्ध बिहीबार खेल्नेछ ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ को मैन अवधीमा मकवानपुरको बकैयामा मतदाता ‘फकाउन’ आचारसंहिता विपरित बाड्न लैजाँदै गरको खानेपानीको पाईप स्थानीयले...
पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो ? यस पटक त्यस्तो टोली आउँदैन ?”...
गायिका मिलन नेवारको स्वर रहेको ‘हास तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार गीता गिरीको शब्द सृजना रहेको...