१७ जेष्ठ २०८०, बुधबार
May 31, 2023, Wednesday

सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट

सिनेमाघर खुले संगै सञ्चालकलाई हल नवीकरण शुल्क छुट

सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।


सरकारले सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र निर्माण, प्रदर्शन तथा वितरण सातौं संशोधन नियमावली २०७८ स्वीकृत गरेपछि सिनेमा हल सञ्चालकले नवीकरण शुल्कमा छुट पाएका हुन् ।

“चलचित्र निर्माण, प्रदर्शन तथा वितरण सातौं संशोधन नियमावली २०७८ सरकारले स्वीकृत गरेपछि अब हल सञ्चालकले नवीकरण शुल्क तिर्नु पर्ने छैन,” चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने, “प्रत्येक चार वर्षमा सिनेमा हल सञ्चालकले नवीकरण गर्दा सरकारले तोकेको शुल्क तिर्नु पथ्र्यो अब उक्त शुल्क तिर्नु पर्ने छैन ।”
 
उनका अनुसार सिनेमा हलको क्षमता अनुसार शुल्क निर्धारण गरिएको हुन्छ । “हल अनुसार शुल्क तिर्नुपर्छ । ५० हजारसम्म हल सञ्चालकले नवीकरण शुल्क तिरिरहेका छन्,” अध्यक्ष दाहालले भने ।

नेपालमा कोरोना संक्रमण सुरु हुनुपूर्व १९३ वटा स्क्रिन थिए । त्यसमध्ये करिब २५ वटा सिनेमा हल बन्द भइसकेका चलचित्र संघले बताउँदै आएको छ । यही अवधीमा केही नयाँ सिनेमा हल निर्माण पनि भएका छन् ।  

Related News

शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
शिक्षामा उत्कृष्ट परियोजनाको अनुसन्धान र विकासमा आइपिडिएफले पहल गर्ने
  • १५ मंसिर २०७८, बुधबार

इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...

काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
काठमाण्डौ क्षेत्र नं ३ वाट शुशिला पौडेल र महेश्वर फुयल सिफारिस
  • १५ मंसिर २०७८, बुधबार

नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...

माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
माइकल अधिकारी १ रुपैयाँमै हेर्न पाइने
  • १५ मंसिर २०७८, बुधबार

याँ चलचित्र ‘माइकल अधिकारी’ १ रुपैयाँमै सिनेमा हलमा बसेर हेर्न पाइने भएको छ । नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेट इसेवाले...

TOP