गत महीना जापानको बेरोजगारी दर २ दशमलव ७ प्रतिशत रहेको छ ।
यो अघिल्लो महीनाको तुलनामा शून्य दशमलव १ प्रतिशत कम भएको आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । अघिल्लो महीना बेरोजगारी दर २ दशमलव ८ प्रतिशत रहेको थियो ।
बेरोजगारी दर अघिल्लो महीनाकै २ दशमलव ८ प्रतिशतमा यथावत् रहने विश्लेषकहरुको अनुमान रहेको थियो । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सार्जजनिक गरेको छुट्टै तथ्यांकअनुसार रोजगारीको उपलब्धता दर १ दशमलव १५ रहेको छ ।
अघिल्लो महीना भने रोजगारीको उपलब्धता दर १ दशमलव १६ रहेको थियो । यो अर्थशास्त्रीहरुले अनुमान गरेको भन्दा थोरै हो । रोयटर्सको जनमत सर्वेक्षणमा संलग्न अर्थशास्त्रीहरुले समीक्षा अवधिमा यो दर १ दशमलव १७ मा रहने बताएका थिए । एजेन्सी
इन्टरनेसनल प्रोजेक्ट डेभेलपमेन्ट फोरम, आइपिडिएको प्रथम बार्षिक उत्सव तथा विशिष्ट ब्यक्तित्व सम्मान कार्यक्रमको अवसरमा स्वागत मन्तब्य दिनुहुदै संस्थाका उपाध्यक्ष भवानी...
नेकपा माओवादी केन्द्रले काठमाण्डौ जिल्ला समन्वय समितिले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं...
हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...